बषौँसम्म भाडा नतिर्ने सटरमा भीमदत्त नगरको ताला


कञ्चनपुर: बषौँसम्म नगरपालिकालाई भाडा नतिर्ने महेन्द्रनगर बजारका सटरमा भीमदत्त नगरपालिकाले ताला लगाउन थालेको छ । आइतबारदेखि भीमदत्त नगरपालिकाले बजार क्षेत्रबाट सटरमा ताला लगाउन थालेको हो ।

भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहाुदर बस्नेतले व्यवसाय गर्ने तर भाडा नतिर्ने सटरमा तालाबन्दी गरिएको बताए ।

उनका अनुसार आईतबारदेखि शुरु गरिएको तालाबन्दी निरन्तर गरिने छ । ‘नगरपालिकाबाट भाडा तिर्न पटक पटक ताकेता गर्दा समेट नतिर्ने सटरमा तालाबन्दी शुरु गरेका छौँ, ‘उनले भने, ‘यो निरन्तर हुन्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img