महालक्ष्मी विकास बैंकद्वारा बाल अनाथालयमा सहयोग

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाज कल्याण महाकाली बाल अनाथालयलाई महालक्ष्मी विकास बैंकद्वारा सहयोग गरिएको छ । शनिवार महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले खाद्यन्न, स्टेशनरी, खेलकुद सामग्री लत्ताकपडा, बिद्यालय झोला, पानी खाने बोत्तल, लगायतका सामग्रीहरु सहयोग गरेको हो । आफनो बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाज कल्याण महाकाली बाल अनाथालयमा सहयोग गरिएको बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले जानकारी दिएका छन । बैंकको र आफनो पनि सामाजिक दायित्व भित्र पर्ने भएर हाम्रो समुदायमा रहेका पछाडी पारिएका समुदाय, अनाथ बालबालिका, दलित समुदाय, लगायतलाई उनिहरुको समस्यामा सानो पहल गरेर केही राहत दिन सकिन्छ भने त्यो सामाजिक दायित्व निर्वाह गर्ने सदैव तत्पर रहेर कार्य गर्ने उनले बताए ।

अहिले देशको आर्थिक अवस्था पनि कमजोर रहेको र बैंकहरुले नाफा मात्र कमाउँछ बोनश खान्छ भन्ने सोच नराखी बैंकहरुले सामाजिक क्षेत्रमा पनि काम गर्दछ भनेर जानकारी प्रदान गर्नको लागि पनि विगतको समयमा पनि बिभिन्न सामाजिक उपलब्धी मुलक कार्य बैंकले गर्दै आएको उनले बताए । हामी सबैले सामाजिक कार्य गरिरहेका हुन्छौ, हामीपनि दिनभर कार्यालयमा आम जनमानसलाई सेवा दिन्छौ त्यो पनि सामाजिक कार्य अन्र्तगत पर्दछ, साथै स्वास्थ्य, शिक्षा, समाजमा रहेका सबैलाई पुग्ने गरि विगत देखी नै सामाजिक कार्यमा लागेको यो बैंकले वार्षिक २ देखी ३ करोड देशै भरमा सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गर्ने गरेको उनले बताए । बैंकले नाफा मात्रै कमाउने होईन सामाजिक कार्य पनि गर्ने गरेको र जस्ले गर्दा आम जनता पनि बैंकसँग जोडिने र बैंक प्रति अपन्त्वको विकास होस भन्ने तवरले पनि महालक्ष्मी विकास बैंकले विगतदेखी यस्ता कार्य गर्दै आएको उनले बताए । गत वर्ष वडा नम्वर ११ मा स्वास्थ्य शिविर गरेको र यो वर्ष पनि सामाजिक दायित्व अन्र्तगत अनाथालयमा सबै सामग्रीहरु वितरण गरिएको बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले जानकारी दिएका छन ।

ताजा समाचार

This will close in 10 seconds