कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले आधुनिक एम्बुलेन्स संचालनमा ल्याएको छ । नगर क्षेत्रका जनतालाई स्तरिय स्वास्थ्य सेवा प्रदानका लागि बेलौरी नगरपालिकाले आधुनिक एम्बुलेन्स संचालनमा ल्याएको हो । बेलौरी नगरपालिका स्वास्थ्य शाखा संयोजक मान बहादुर चन्दले आधुनिक एम्बुलेन्स संचालनमा आएको बताए । उनका अनुसार (ख)वर्गको एम्बुले कञ्चनपुरकै पहिलो एम्बुलेन्स हो । जसमा औषधी र उपकरण हुन्छन । राष्ट्रिय एम्बुलेन्स निर्देशिका ०७८ लागु भएपछि पहिलो पटक बेलौरीले आधुनिक एम्बुलेन्स भित्र्राएको बताए ।

उनका अनुसार चालु आर्थिक बर्ष ०७९÷०८०को झण्डै २०लाख बजेटमा आधुनिक एम्बुलेन्स खरिद भएको छ । बिहीबार एक कार्यक्तमका विच नगरपालिकाले सिद्धनाथ आधरभूत स्वास्थ्य सेवा केन्द्रलाई एम्बुलेन्स हतान्तरण गरेको छ । हस्तान्तरण कार्यक्तममा बेलौरी नगरका मेयर पोतिलाल चौधरीले एम्बुलेन्स राम्रोसंग संचालनमा सुझाव दिए । मेयर पोतिलाल चौधरीले एम्बुलेन्स मार्फत जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन । बेलौरीमा आधुनिक एम्बुलेन्स संचालनमा आएसंगै बिरामी लाभान्वित हुने छन ।







