कञ्चनपुर : कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले राष्ट्रिय व्यवसायिकता योग्यता प्रणाली सम्बन्धी छलफल गरेको छ । बिहीबार महेन्द्रनगरमा समाजिक विकास मन्त्रालयले राष्ट्रिय व्यवसायिकता योग्यता प्रणाली सम्बन्धी छलफल गरेको हो । कार्यक्रममा समाजिक विकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र प्रशाद भट्टले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली बारे जानकारी गराए ।

कार्यक्रममा कञ्चनपुरका व्यवसायीले राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली भन्दा पनि सीपमुलत तालिममा जोडदिएका छन । नेपाल नाई संघ मञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले नेपाली युवालाई तालिम लिएर व्यवसाय प्रर्बद्धनमा जोडदिए । कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष चेतराज जोशीले प्रणाली भन्दा पनि दक्ष जनशक्ति उत्पादन तर्फ सुझाव दिए । कार्यक्तममा विभिन्न क्षेत्रका रोजगारदाता एव सरोकारावाला पक्षको सहभागिता रहेको थियो ।







