स्ववियू निर्वाचन सिद्धनाथ विज्ञान क्याम्पसमा तालाबन्दी 

कञ्चनपुर: स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका लागि क्याम्पस प्रशासनले धाँधली गरेको आरोप लगाउँदै कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका छन । अहिले विज्ञान क्याम्पसमा तालाबन्दी माथि तालाबन्दी भएको छ । मनोनयन दर्ताकै दिन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । क्रान्तिकारीले खोले लगत्तै नेवि संघले तालाबन्दी ग¥यो । त्यसपछि फेरी तालाबन्दी भएको छ । गयराती अपरिचित विद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।

नेवि संघका नेता एव उक्त क्याम्पसमा नेवि संघबाट सभापतिका आँकाक्षी बिपी जोशीले कुनै विद्यार्थी संगठनले नभई आम विद्यार्थीले तालाबन्दी गरेको बताए । ‘अहिले तालाबन्दी कुनै एक विद्यार्थी संगठन होईन, ‘उनले भने, ‘क्याम्पसकै विद्यार्थीले हुन तर, अपरिचत रुपमा लगाएका छन, ताला खोलेर चुनाव वातावरण बनाउने दवाव दिने उदेश्य रहेको छ ।’ सिद्धनाथ विज्ञान क्याम्पस प्रमुख जगराम दमाईले विद्यार्थीले लगाएको आरोप निराधार भएको भन्दै स्ववियु निर्वाचन कार्य तालिका अनुरुप भईरहेको बताउँदै आएका छन ।

ताजा समाचार