लघु उद्यम मार्फत रोजगारी सृजनागर्न तालिम


कञ्चनपुर : आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार भन्ने नारा सहित शुक्लाफाँँटा नगरपालिकामा व्यवसाय सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत आठ दिने उद्यमशिलता विकास तथा लैङ्गिकस समानता, व्यवसाय सचेतना तथा व्यवसाय शुरु तालिम सञ्चालन गरिएको छ ।
वडा नं १० झलारीमा तालिमको उद्घाटन गर्नु हुदै नगर उप प्रमुख कल्पना जोशी पन्तले गरिवि न्यूनिकरण गर्नमा तालिमले सघाउ पुरयाउने बताउनु भयो ।
तालिम संगै सीप र प्रविधि हस्तान्तरण गरिने उहाँले उल्लेख गर्नु भयो । कार्यक्रमका अतिथि वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले तालिमका माध्यमबाट युवा युवतीहरुलाई स्वरोजगार बन्न मद्दत पुग्ने बताउनु भयो । आठ दिने तालिमले व्यवसाय कसरी गर्ने, व्यवसाय भनेको के हो, व्यवसायीक योजना कसरी बनाईने भन्ने बारे जानकारी दिईने उल्लेख गर्नु हुदै उहाँले त्यस पछि आयोजना हुने तालिममा व्यवसाय छनौट गरी चाहेको तालिम दिईने बताउनु भयो । यस कार्यले तालिम प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाई रहेको छ ।
कार्यक्रमका सभापति कार्यपालिका सदस्य भुमा चन्दले तालिममा सिकेका कुरा व्यवहामार उतारेर व्यवासय उन्मुख हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रम बारे उद्योग शाखाका धन बहादुर कुश्मीले प्रकास पार्नु भएको थियो ।

Loading Viewer...

ताजा समाचार

spot_img