अखिल क्रान्तिकारी, अनेरास्ववियुद्वारा स्ववियू निर्वाचन विशेष झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा संयुक्त प्रशिक्षण


कञ्चनपुर :कञ्चनपुरको झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । शुक्लाफाँटा नगरपालिका १० झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले उम्मेदवारलाई संयुक्त प्रशिक्षण गराएको हो ।
उक्त क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीविच चुनावी तालमेल अनुरुप संयुक्त प्यानल अघि सारेका छन ।
बुधबार एक कार्यक्रमका विच स्ववियु निर्वाचन विशेष प्रशिक्षण गराईएको अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अरिबल)ले बताए । क्रान्तिकारी नेता अबिरलले दुवै विद्यार्थी संगठनको संयुक्त प्यानलाई दुवै पार्टीका नेता एव संगठनका नेताद्वारा चुनावी प्रशिक्षण गराईएको बताए । उम्मेदवारलाई प्रशिक्षणका साथै आम विद्यार्थीसंग सयुक्त प्यानल जिताउन मत समेत मागेका छन ।
नेकपा माओवादी केन्द्रका प्रंदेश सदस्य नवराज ऐरले प्रशिक्षण गर्दै तालमेल अनुरुप एकढिक्का भएर सिङ्गो प्यानल जिताउनका लागि खटिन निर्देशन दिनुभयो । पुर्व विद्यार्थी नेता समेत रहेका माओवादी युवा ऐरले निर्धक्क एक ढिक्का भएर संयुक्त प्यानलकै लागि मत माग्दै अघि बढ्न सुझाव दिए । एमाले नेता जगत बहादुर सिहले कुनै हिचकिचाहड नगरेर माओवादी एमाले निकट बामपन्थी विचारधारा बोल्ने प्यानलका सबै विद्यार्थी जिताउन आब्हान गरेका छन । अनेरास्ववियुका तर्फबाट जिल्ला सचिव अमर धामी, अखिल क्रान्तिकारीका तर्फबाट नेता दल बहादुर धामी(अबिरल)ले चुनावका बेला अनेकन भ्रम चिर्दै अघि बढ्नुपर्नेमा निर्देशन दिदै युद्धस्तरमा विद्यार्थीसंग मत माग्न खटिन आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img