कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा सदस्य हेम बहादुर बस्नेतलाई नगर प्रहरी सहजिकरणको जिम्मेबारी दिएको छ । नगरपालिकाले भीनपा १८ वडा सदस्य हेम बहादुर बस्नेतलाई नगर प्रहरी सहजिकरणको जिम्मेबारी दिएको हो ।

वडा सदस्य बस्नेतलाई नगर प्रहरी जनशक्तिको परिचालन तथा व्यवस्थापन कार्यमा आवश्यक सहजिकरणको जिम्मा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीद्वारा हस्ताक्षरित गरिएकोजिम्मेबारी पत्रमा नगर प्रमुख, उपप्रमुख र नगर प्रहरी व्यवस्थापन इकाईलाई बोधार्थ गरिएको छ ।







