टिकटिक स्टार बर्मा नोटबुक स्टेसनरी व्यवसायमा


कञ्चनपुर : कञ्चनपुरका टिकटक स्टार तथा मोडेल अंशु बर्मा स्टेसनरी व्यवसायमा जुटेका छन । उनले कापी उद्योग सञ्चालनमा ल्याएका छन । भीमदत्त नगरपालिका–११ का बर्माले आफ्नै कपी उद्योग सञ्चालनमा ल्याएका हुन । पछिल्लो समय चर्चित सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका बर्माले कपी उद्योगसँगै ‘बर्मा नोटबुक अल स्टेसनरी सलुशन’ पनि सञ्चालनमा ल्याएका छन । स्टेसनरीको आईतबार उद्धघाटन गरिएको छ । बर्माले आमा बुवाबाट स्टेसनरीको औपचारिक उद्धघाटन गराएका थिए ।

विद्यार्थीलाई न्युन मुल्यमा गुणस्तरीय नोट कपी उपलब्ध गराउने गरि उद्योग सञ्चालनमा ल्याएको टिकटिक स्टार बर्माले बताए । उनका अनुसार गुणस्तरीय शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक स्तर पनि राम्रो हुने भएकाले त्यसमा आफले योगदान गर्न चाहेको बताए । उनले उद्योग र स्टेसनरी सञ्चालनमा एक करोड बढी लगानी गरेको छन । कपी उद्योगमा नोट कपीसँगै रिकर्ड फाईल, रजिष्टर, डायरीलाई आवश्यक सामाग्री उत्पादन हुने बर्माको भनाई छ ।

महेन्द्रनगरमा पहिलो स्टेसनरी सञ्चालनमा ल्याएको बताउदैँ देशभरिमा नै विभिन्न शाखा खोल्ने योजना रहेको पनि उनले बताए । साथै उद्योगबाट असहाय र गरिब बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने योजना रहेको पनि उनले बताए । बर्माले टिकटिकसँगै विभिन्न म्युजिक भिडियोहरुमा मोडलिङ पनि गरि सकेका छन । उनले टिकटकबाट हुने आम्दनीबाट सामाजिक काम पनि गदैँ आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img