सुदूरपश्चिममा माओवादी निकट अखिल क्रान्तिकारीको जित शुरुवात

दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा क्रान्तिकारीका विष्ट निर्बिरोध सभापतिमा निर्वाचित

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित शुरुवात गरेको छ । स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि ८ चैत्रमा हुने निर्वाचन अवागै अखिल क्रान्तिकारीले जित शुरुवात गरेको हो । अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशको गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा जित शुरुवात गरेको छ ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका सचिव तिलक मालले सुप विश्वविद्यालयको गोकुलेश्वर दार्चुला क्याम्पसमा अखिल क्रान्तिकारीका नविन सिह विष्ट निर्बिरोध निर्वाचित भएको बताए । उनका अनुसार उक्त क्याम्पसमा क्रान्तिकारी, अनेरास्ववियु र नेवि संघविच सहमतीय आधारमा पदाधिकारी चयन गरिएको छ । क्रान्तिकारीका तर्फबाट विष्टले सभापतिमा उम्मेदवारी दिएका छन । सचिव एमाले निकट अनेरास्ववियु, नेवि संघ कोषाध्यक्ष र सदस्य बाँडफाँड भएका छन । यस अघि कञ्चनपुरको दानेश्वर बहुुमखी क्याम्पसमा काँग्रेस निकट नेवि संघले सभापति निर्बिरोध निर्वाचित भएको छ ।

ताजा समाचार