कञ्चनपुर: पुर्व खानेपानीमन्त्री बिना मगरले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वास नगरपालिकामा संचालित ढल योजनाको अनुगमन गरेकी छिन । सोमबार पुर्वमन्त्री मगरले बेलौरी र पुनर्वास नगरपालिकामा संचालित ढल योजनाको अनुगमन गरेकी हुन । दुवै पालिकामा संचालित योजनाको स्थलगत अनुगमन गर्दै बेलौरी नगरपालिका हलमा आयोजित छलफलमा पुर्वखानेपानीमन्त्री मगरले तत्तकाल गुणस्तरिय काम गर्ने निर्देशन दिएकी छिन ।
नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी पुर्वखानेपानी मन्त्री मगर मन्त्री हुँदा उक्त योजना ल्याएकी थिईन । बेलौरी पुनर्वास नगरका मेयरद्वय पोतिलाल चौधरी, तोया प्रशाद शर्मा सहित शहरी विकासका निर्देशक सहितका अधिकारीसंग छलफल गर्दै क्षेत्रको विकासमा आ–आफ्नो ठाँउबाट पहल गर्न समेत अनुरोध गरेकी छिन ।







