कञ्चनपुर : कञ्चनपुरको रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ग्रामिण भेगको खेलकुद विकासका लागि भीमदत्त नगरपालिका १६ मझगाँउमा रहेको रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाले भलिबल आयोजना गरेको थियो । उक्त भलिबल प्रतियोगिताको उपाधी साक डिजिटल युनिभर्सिटीले पाएको छ । साक डिजिटल युनिभर्सिटीले आयोजक रत्न कृषि बहुउदेश्यी सहकारी संस्थालाई हराउँदै विजेता बनेको हो ।

विजेता टिमलाई २१ हजार र उपविजेता टिमलाई ११ हजार नगद सहित ट्रफि, प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १०टिम सहभागि थिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना, समन्वय समिति सदस्य मोहन महता, राष्ट्रिय प्रशिक्षक ईन्द्रदेव पाठकले प्रमाण पत्र पुरस्कार हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

समापन कार्यक्तमका सभापति समेत रहेका रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दशरथ धानुकले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । आगामी दिनमा समेत सहकारीले युवाहरुलाई थप उद्यमी बन्नका लागि विभिन्न सृजनात्मक कार्यक्रम गर्दै जाने बताए ।







