पुर्व जनमुक्ति सेनाले भने, ‘शान्ति सम्झौता अनुरुप युद्धकालित मुद्दा आयोग मार्फत टुङग्याउनुपर्छ’


कञ्चनपुर : पूर्व जनमुक्ति सेना नेपालले शान्ति सम्झौता अनुरुप युद्धकालित मुद्दा आयोग मार्फत टुङग्याउनुपर्ने धारणा अघि सारेको छ । पूर्व जनमुक्ति सेना नेपाल सुदूरपश्चिम प्रदेश तदर्थ समितिले शान्ति सम्झौता अनुरुप युद्धकालित मुद्दा आयोग मार्फत टुङग्याउनुपर्ने धारणा अघि सारेको हो ।

पूर्व जनमुत्तिः सेना नेपालले एक प्रेस विज्ञप्ती जारी गर्दै बाह्र बुँदे सहमती, विस्तृत शान्ति सम्झौता र अन्तिम सं्रविधान संक्रमणकालि न्यायको सिद्धान्त बिरुद्ध प्रधानमन्त्री समेत रहेका माअोवादी अध्यक्ष प्रचण्ड लगायतका नेता बिरुद्धमा युद्धकालिन झुट्टा मुद्दालाई सत्य निरुपण तथा मेलमिला िआयोग मार्फत युघकालित मुद्दा टुङग्याउनुपर्ने माग अघि सारेकोछ । पुर्व जनमुक्ति सेनालाई राष्ट्रिय सेनाको मान्यता पुर्व बाईसियलाई र बहिर्गर्मित सेनाको उचित व्यवस्थापन गर्नुपर्ने, घाईते, आपाङ्गको उपचार, राहत व्यवस्थापन, सहिद परिवारलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेको छ । वेपत्ता पारिएकाहरुको खोजीदेखि, उनीहरुको परिवारलाई राहत, सुशासन, दीगो शान्ति, स्थायित्व विकास र रोजगारी सृजनामा सरकारको ध्यानाकर्षण गराईएको छ ।

लघुवित्त वित्तिय बैकको चर्को ब्याजर घटाउनुपर्नेमा सुझाव दिईएको छ । पूर्व जनमुक्ति सेना नेपाल सुदूरपश्चिम प्रदेश तदर्थ समितिले सुप प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रशासन सहितका सरकारी निकायमा समेत ज्ञापन पत्र बुझाएको छ । शान्ति सम्झौता बिरुद्धमा कुनैपनि गतिबिधीमा षड्यन्त्र गर्न खोजे त्यसको पुर्व जनसेनाले प्रतिकार गर्ने समेत चेतावनी दिईएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img