नेवि संघका नामबाट हुने गैर कानुनी गतिबिधी रोक्न चेनावनी चेतावनी


कञ्चनपुर : नेपाल विद्यार्थी संघ कञ्चनपुरले नेवि संघका नामबाट भईरहेका गतिबिधी गैर कानुनी भएको जनाएको छ । नेवि सं कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै केही दिन कञ्चनपुरमा संगठन र स्ववियूका विषयमा अनर्गल पंचार भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त गतिबिधीको खेद समेत प्रकट गरेको छ । नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले कृष्ण पाण्डेय समुहलाई लक्षित गर्दै कहिले अध्यक्ष कहिले काबा अध्यक्ष भन्दै हिड्ने कपोकल्पित कुाार समेत सत्यतथ्य नभएको दावि गरिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस, सुप विश्वविद्यालयमा नेवि संघले तालाबन्दी नलगाएको विषय समेत दावि गरिएको छ । नेवि संघ कञ्चनपुर अध्यक्ष चटौतद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा अव उपरान्त नेवि सं३को नामकबाट हुने अनर्गल कियाकलाप गर्ने गराउने जो कोहीलाई साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिने चेतावनी दिईएको छ ।

विगत लामो समयदेखि कञ्चनपुरमा नेवि संघ नेतृत्व विवाद हुँदै आएको छ । नेवि संघ केन्द्रले रमेश चटौतलाई अध्यक्षको जिम्मेबारी दिएपछि कृष्ण पाण्डेय पक्षधर केही नेवि संघ नेता कार्यकर्ता बिरोधमा उत्रिएका थिए । पछिल्ला दिनहरुमा नेवि संघभित्रको आन्तरिक किचलो बढिरहेका बेला नेवि संघ अध्यक्ष चटौतले विद्यार्थी हकहितका लागि खटिन आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img