औषधी व्यवसायी संघ कञ्चनपुरको सपथ तथा पदस्थापन

कञ्चनपुर : नेपाल औषधी व्यवसायी संघ कचनपुरको सपथ तथा पदस्थापना गरिएको छ । ३० पुषमा सम्पन्न भएको नेपाल औषधी व्यवसायी संघ कचनपुरको दोस्रो अधिवेबशबाट निर्वाचित भएको नयाँ कार्य समितिलाई शनिबार एक कार्यक्रमका विच सपथ ग्रहण तथा पदस्थापन गरिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकासराज पाठकले नव निर्वाचित रामचन्द्र बुडा नेतृत्वको कार्य समितिलाई सपथ तथा पदभार ग्रहण गराईएको हो ।

पदभार ग्रहणसंगै नयाँ कार्यसमितिले तारादत्त भट्टलाई समेत जिल्ला सदस्यमा मनोनित गरेको छ । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य ललितकान्त जोशीको प्रमुख आथित्यमा भएको कार्यक्तममा पुर्व केन्द्रीय सदस्य बिरेन्द्र तिवारी, प्रदेश महासचिव गजेन्द्र लेखक, उपाध्यक्ष कैलाशचन्द्र भट्ट,सदस्य धनश्याम कलौनी सहितका व्यवसायीको सहभागिता रहेको थियो । औषधी व्यवसायी सएंघ कञ्चनपुरको अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका रामचन्द्र बुडाले औषधी व्यवसायीको हकहितका साथै गुणस्तरिय सेवा प्रदान गर्ने प्रण गर्दै आएका छन ।

ताजा समाचार

This will close in 10 seconds