कञ्चनपुरमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गरिदै


कञ्चनपुर : आगामी मसिर कर्णाली प्रदेशको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा पनि खेलाडी छनौट शुरु गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ मुल नाराका साथ मंगलबारदेखि सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जिल्लामा खेलाडी छनौट शुरु गरिएको जनाएको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनौट शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार कर्बडहल र महेन्द्रनगर खुला मञ्चमा ईन्टोर एव आउटडोरमा खेलाडी छनौट भईरहेका छन । अध्यक्ष सिहले जिल्लाबाट विभिन्न २३ विद्याका खेलकुदका खेलाडी छनौट गरिने बताए । उहाँका अनुसार फुटबल, कबड्डी, भलिबल, एथलेटिक्स, क्रिकेट, बाास्केटबल, ह्याडबल, ब्याडमिन्टन, टेबुल टेनिस, चेस, बक्सिङ्ग, उसु, तेक्वान्दो, कराँते, खोःखो, फुलकन्टेक्ट कराँते, कुस्ती, आईटिएकफ तेक्वान्दो, सुटिङ्ग, जुडो, रग्बी, भारोत्तोलन र जिम्नाटीका खेलाडी छनौट हुनेछन ।

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हामीले जिल्लामा खुला आवेदन गरेका थियौँ, जसमध्ये ९सय खेलाडीले आवेदन दिएका थिए, ‘उनले भने, ‘हामीले जिल्लाबाट झण्डै चारसय खेलाडी छनौट गरेर प्रदेशमा पठाउँछौँ, अनि प्रदेशबाट ९वटै जिल्लाका खेलाडी छनौट गरेर प्रादेशिक टिम बनाएर १०औँ राष्ट्रिय खेलकुद प्रतिगितामा प्रतिस्पर्धा गर्नेछन ।’ अध्यक्ष सिहले पहिलो दिन भारत्तोलन, कुस्ती, तेक्वान्डो, बक्सिङ्ग सहितका विद्यामा खेलाडी छनौट भएको बताउनुभयो । उहाँले सबै विद्याका खेलाडीलाई उच्च अनुशासन, गतिशिलता, निष्पक्षतामा जोडदिदै उत्कृष्ट प्रर्दशन गर्न सुझाव दिएका छन । कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपादत्त भट्टले सम्बन्धीत विद्याका प्रशिक्षकबाट खेलाडी छनौट शुरु गरिएको बताए । उहाँका अनुसार ८सय १४ खेलाडी मध्ये ३सय ४४ प्रदेशमा छनौट हुने बताउनुभयो । कार्यालय प्रमुख भट्टले जिल्लाकै खेलाडी हुनुपर्नेदेखि निश्चित उमेर समुहलाई मात्रै सहभागि गराईनेछ ।

चार बर्ष अर्थात लामो समयपछि १०औँ प्रतियोगितामा खेलाडी सहभागिताका लागि उत्साहित भएका छन । कञ्चनपुरका युवा खेलाडी हेम बहादुर बस्नेतले लामो समयपछि हुन लागेको प्रतियोगिताका लागि खेलाडी उत्साहित भएर छनौटमा सहभागि भएको बताउनुभयो । तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष लोक बहादुर बुढाले निष्पक्ष रुपमा खेलाडीको छनौटदेखि सहभागि हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पुर्व राजेन्द्र सिह रावलले खेलाडीले उत्कृष्ट अनुशासनपुर्वक खेलकुद प्रर्दशनमा जोडदिदै कञ्चनपुर जिल्ला सहित सुप प्रदेशको टिमलाई अग्रंीम शुभकामना दिएका छन । तीनदिने छनौट प्रतियोगिताले कञ्चनपुरमा पुन खेलकुदमयी माहोल बनाएको छ । यस अघि ०७९ असोजमा गण्डकी प्रदेशको पोखरामा ९ औँ राष्ट्रिय खेलकुद प्रंतियोगिता भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img