कञ्चनपुर : शितलहरबाट बाँच्नका लागि तराईका जिल्लाहरुमा ‘न्यानो कपडा वितरण अभियान’ संचालन गरिएको छ । लायन्स ब्लक इन्टरनेशनलले शितलहरबाट बाँच्नका लागि तराईका जिल्लाहरुमा ‘न्यानो कपडा वितरण अभियान’ संचालन गरेको हो । लायन्स ब्लक इन्टरनेशन डिस्ट्रिक ३२५एच अन्र्तरगत लायन्स क्लब काठमाण्डौँ सारङग र लायन्स क्लब काठमाण्डौँको संयुक्त आयोजनामा रौतहट र सर्लाहीका जिल्लाहरुमा न्यानो कपडा वितरण अभियान संचालन गरिएको छ ।
लायन्स ब्लक इन्टरनेशनल क्लबका चार्टर सदस्य किशोर भट्टले रौतहट र सर्लाहीका विभिन्न गाँउबस्तीहरुमा २सय परिवारmलाई न्यानो लुगा कम्बल वितरण गरिएको बताए । चार्डटर प्रिसिडेन्ट तिलक पाण्डेयको सभापतित्व लायन्स ब्लक इन्टरनेशन डिस्ट्रिक ३२५का भ्वाई डिस्ट्रिक गर्भनर शम्भु बहादुर थापाको प्रमुख आथित्य र सदस्य तिलकराज भण्डारी र किशोर भट्ट सहितको उपस्थितिमा कम्बल वितरण गरिएका हुन । कठ्याङग्रिदो चिशोमा निःशुल्क न्याना कपडा पाएपछि स्थानीय हर्षित भएका छन ।

