पुनर्वास : नगरपालिकाको आर्थिक, सामाजिक र सँस्कृति र पर्यटन विकासमा सहयोग पुर्याई पुनर्वास नगरपालिकालाई मिडियामैत्री बनाउन पत्रकारिता क्षेत्रबाट पुर्याईएको योगदानको कदर गर्दै नेपाल टेलिभिजनकर्मी जुद्ध चौधरी लगायतका छ जना पत्रकारलाई सम्मान गरेको छ । आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एवम् नेपाल प्रेस युनियन कञचनपुरका सदस्य समेत रहेका चौधरी नेपाल टेलिभिजनको कञ्चनपुर सम्वाददाताको जिम्मेवारी मा रहेर कञ्चनपुरको बिभिन्न स्थानिय तहका बिकृति बिसगतीका बारेमा उठान गर्दै सुसासन को पक्षमा पत्रकारिता गर्दै आएका छन्। उनले पुनर्वास क्षेत्रको विविध विषयमा समेत कलम चलाउँदै आएका हुनाले सञ्चारकर्मी चौधरी नगर सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।। पुनर्वास नगरपालिकाको बार्हौ नगरसभामा चौधरी लगायतका छ जना पत्रकारहरूलाई नगर सुशासन पत्रकारिता पुरस्कारबाट नगरप्रमुख तोयाप्रसाद शर्माले प्रमाण पत्र प्रदान गर्दै सम्मनित गरिएको छ।

पुनर्वास नगरपालिकाको नगरसभामा नगरप्रमुख तोयाप्रसाद शर्मा र उपप्रमुख भुलिया कुमारी रानाले सञ्चार क्षेत्रबाट नगरको सुसासनमा पुर्याएको योगदानको चर्चा गर्दै दोसल्ला ओढाई नगद राशी र सम्मान पत्र प्रदान गर्दै गरिमामय सभामा सम्मान गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै आफुले पाएको सम्मानले थप उर्जा र प्रेरणा मिलेको सञ्चारकर्मी चौधरी ले बताएका छन । चौधरी कञ्चनपुर जिल्लाको दक्षिणभेगबाट बिगत लामो समय देखि पत्रकारितामा सक्रिय रहँदै आएका छन ।
पुनर्वास नगरपालिकाको बाह्राैँ नगर सभा तथा हिउँदे अधिवेशन बाट चौधरी संगै पुनर्वास क्षेत्र बाट क्रियाशिल अन्य पत्रकार हरू नागरिक आवाज साप्ताहिकका प्रकाशक एवम् सम्पादक दिपेन्द्र बस्नेत , रैकवर खबर दैनिकका धन बहादुर बिक , बिश्व खोज दैनिकका सहसम्पादक केशव भट्टराई , रेडियो पश्चिम टुडेका पत्रकार बिरबहादुर सिंह र पुनर्वास टाइम्स साप्ताहिकका प्रकाशक लाल एस के पनि सम्मानित भएका छन ।







