कञ्चनपुर, : अपाङ्गता भएका महिलाको हक अधिकारका लागि कार्यरतट नेपाल अपाङ्ग महिला संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बेदकोट नगरको दैजीमा नेपाल अपाङ्ग महिला संघको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट पार्वती भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

उपाध्यक्ष हिरा भट्ट, सचिव नन्दकली राना, सह सचिव पार्वती भट्ट, कोषाध्यक्ष बुधनी चौधरी चयन भएका छन ।सदस्यमा कल्पना साउद, रामकुमारी चौधरी रहेका छन । नेपाल अपाङ्ग महिला संघका निर्वतनमा अध्यक्ष अनिता ढुङगानाले अपाङताका क्षेत्रमा काम गर्न नयाँ कार्य समितिलाई अनुरोध गरेका छन । कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगर उपप्रमुख तुलसी जोशीले अपाङ्गता भएका महिलाको हक अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बेदकोट नगरका कार्यपालिका सदस्य पार्वती विष्ट, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापा, राष्ट्रिय दृष्ट्रिबिहिन नेपालका अध्यक्ष बलराम पन्त सहितका सरोकारवाला अथिति रहेको कार्यक्तमको संचालन खेमा सापकोटाले गरेकी थिईन ।







