सरकार कार्यालयमा भ्रंष्टाचार बढ्यो : बहुमत निकट युवा संगठन कञ्चनपुर


कञ्चनपुर: नेकपा बहुमत निकट युवा जनस्वयमसेवक नेपालले कञ्चनपुरका सरकारी कार्यालयमा भ्रष्टाचार बढिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ । नेकपा निकट युवा जनस्वयमसेवक नेपालले जिल्लाका विकासे अड्डाहरु नापी, मालपोत महेन्द्रनगर, बेलौरी कार्यालय सहितका स्थानीय तहहरुमा भ्रष्टाचार बढिरहेको जनाएको छ । युवा संगठनका नेताहरुले जमिनको कित्ताकाड रोखिएको अवस्थामा मालपोत र नापी कार्यालय महेन्द्रनगर भन्दा बेलौरीमा विचौलियाहरुको बिगबिगीहरुको बताएका छन । उक्त कार्यालयमा अख्तियारले समेत चासो नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन । जमिन विचौलिया समुहले अमिनलाई आफुखुसी लगेर आकासे कित्ता चलखेलका लागि बार्किनिङ्ग हुँदा समेत अख्तियारले चासो समेत नदिएको बताईका हुन ।

अहिले भूमि सुधारको काम अघि बढिरहेका बेला विगत नापी कार्यालयका अमिन बुद्धन यादवले आकासे कित्ता बेचेर बेदकोटमा अहिलेसम्म झमेला मच्चाएको घटना स्मरण गराउँदै अहिलेपनि बेलौरी नापी मालपोतमा हुने चलखेल बढिरहेको भन्दै नेताहरुको चिन्ता व्यक्त गरेका छन । यसैविच नेकपा बहुमत निकट युवा संगठनले कञ्चनपुरमा भईरहेको बेथिति बिरुद्धमा संघर्षमा उत्रिने घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बहुमत को साहयक संगठन युवा जनस्वयसेवक नेपाल कञ्चनपुर पछिल्लो समय निर्माणकार्य मा भैरहेको चरम लापरबाही र गुणस्तर हिन काम प्रति ध्यानाकर्षण गरेको छ ,कञ्चनपुर जिल्ला को विभिन्न ठाउँमा यस्ता कामहरु प्रति खवरदारी गर्दै आईरहेको छ ।

आज विज्ञप्ति सार्वजनिक गर्दै हालै पनि कञ्चनपुर जिल्ला को विभिन्न नगरपालिका र गाउपालिकाहरुमा पनि निर्माणकार्यहरुमा भईरहेको चरम लापरबाही,गुणस्तर हिन कार्य प्रति हाम्रो संगठन को गम्भीर ध्यानाकर्षण भएको छ। ०९ वटै स्थानीय तहहरुमा अनुगमन समितिहरु बनेका छन । विडम्बना ती अनुगमन समितिहरु टुलुटुलु हरेर बसेका छन,जनताको जनगुनासो संगठन मा आएको संगठन कम जिल्ला ईन्चमर्ज दिपेन्द्र ऐरीले बताएका छन । उनका अनुसार जिल्ला भरी का निर्माणकार्य,बजारमा भएका अखाद्य वस्तु, स्वास्थ क्षेत्र, र शैक्षिक क्षेत्र जस्ता अन्य क्षेत्रहरुमा पनि तत्काल अनुगमन गरि राम्रो काम गर्नेहरु लाई प्रोत्साहन गर्दै जनताहरुलाई असरपर्ने र गुणस्तर हिन काम गर्नेहरुलाई आवश्यक कार्वाही का लागि हाम्रो संगठन जोडदार माग गरेको छ।


ताजा समाचार

spot_img