तेक्वान्दो संघ कञ्चनपुरले तेक्वान्दो संघ विघठन निर्णय सच्याउन माग


कञ्चनपुर : नेपाल तेक्वान्दो संघ कञ्चनपुरले तेक्वान्दो संघ विघठन निर्णय सच्याउन माग अघि सारेको छ । राष्ट्रिय खेलकुद परिष्दले तेक्वान्दो संघ विघटन गरेर महासंघ निर्माण गर्न थालेपछि नेपाल तेक्वान्दो संघले आपत्ती जनाएको हो । नेपाल तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले संघ विघठन निर्णय सच्याउनुपर्ने माग अघि सारेर जिल्ला खेलकुद समिति मार्फत ज्ञापन पत्र बुझाएको बताए ।

अध्यक्ष सिहले खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीलाई ज्ञापन पत्र बुझाएको बताए । ‘हामीले जिल्लाबाट केन्द्रलाई निर्णय सच्याउन माग अघि सारेर जिल्लाबाट ज्ञापन पत्र बुझाएका छौँ, ‘उनले भने, ‘अहिले ज्ञापन पत्र बुझाएका छौँ, निर्णय नसच्याएर फेरी आन्दोलनमा जान्छौँ ।’ खेलकुद समिति कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीले तेक्वान्दो संघ कञ्चनपुरबाट आएको ज्ञापन पत्र केन्द्रमा हुबहु पठाईदिएको बताए ।


ताजा समाचार

spot_img