काठमाण्डौं यात्रा : पुराना यादहरुको ताजापन

कार्यालयको कामको शिलशिलामा काठमाण्डौं जाने योजना अलि अगाडी बने पनि विविध कारणले गइ हाल्ने मेसो मिलेको थिएन । दशैं,तिहार,निर्वाचन पश्चात जाने भनिरहदा २०७९।८।२६ मा यात्राको अन्तिम तय भयो, सहयात्रीको रुपमा डोटी आदर्श गा.पा. शिक्षा शाखा प्रमुख पदम सिंह विष्ट, ८।२५ मा डोटीबाट महेन्द्रनगरका लागि हिनिसक्नु भएको थियो । म पनि कार्यालयीय कामको व्यवस्थापन गरी ८।२५ बेलुका तिर महेन्द्रनगर स्थित घर पुगि सकेको थिए । २५ गते बिहान खानपीन गरी सामानको बन्दोबस्त मिलाइ हामी बसको टिकटका लागी बसपार्क गयौं । टिकट व्यवस्थापन पश्चात महाकाली यातायातको बसमा २०७९।८।२६ मा हामी महेन्द्रनगरबाट काठ्माण्डौंका लागि रमाना भयौं । बसको यात्रा सुरु भएको फेसबुके जाहेरी पश्चात शुभेच्छुक मित्रका लाइक कमेन्ट सुरु भइ सकेका थिए ।

गाडीले हामीलाई महेन्द्र राजमार्गमा हुइकाइ रहेको थियो । करीब ११ बजे कोहलपुरको रोहिणी खोला स्थित होटलमा खाना खाइ अगाडी बढीरहदा बिहानको झ्यासमिसे धादिङ पुगेको हौला भन्दा त नवलपरासीको विनयी त्रिवेणी गा.पा.पो रहेछ । नवलपरासी जिल्लामा पनि मज्जैको भिरालो पहाड पो रहेछ । तत् पश्चात देवचुली, कावासोती हुदै गैडाकोट न.पा. पुग्दा त गाडीको टायरले समेत आराम माग्यो, पन्चरको रुप लिएर । गैडाकोटमा नित्यकर्म संगै चिया नास्ता लिइ अगाडी पुग्यौं, राप्ती नदीले चितवन र नवलपरासीको सिमा छुट्याउदो रहेछ । भरतपुर बजारको अवलोकन गरी जुगेडी, दास ढुङ्गा, सत्र किलो हुदै चितवनको ईच्छाकामना गा.पा.को मुग्लीन नजिक ८।२७ को बिहानीको खाना खाइ धादीङको बेनीघाट रोराङ, गल्छी, गजूरी, थाक्रे गा.पा. तथा धुनीवेशी न.पा हुदै काठमाण्डौं उपत्यका प्रवेश गर्यौ । चन्द्रागिरी न.पा को नागढुङ्गा स्थित गाडी चेकजांच पश्चात थानकोट हुदै कलंकी मकालु पेर्टोल पम्प अगाडी गाडीबाट उत्री दृष्टि चश्मा घरको बाटो हुदै नागार्जुन न.पा. स्युचाटार कलंकी दिदिको घरमा पुग्यौं, भेटघाट रिफ्रेस पश्चात स्वयम्भु दर्शनका लागि गयौं, आदर्श गा.पा.का समकक्षी मित्र पदम सिंह विष्ट संगै थिए ।

२०७४ साल पश्चातको साक्षत्कार थियो, स्वयम्भुसंग । त्यहां फोटो खिची, सशस्त्र मुख्यालयको अवलोकन गरी पुनः स्युचाटार कलंकी फर्कियौं । २०७३/२०७४ साल ताका लोकसेवा तयारीका निम्ति दिदिकहां बस्दा खेरीको त्यो ठाउंलाई पैदलै फन्को मार्यौ, अतितको बडो मज्जाले पुनरावलोकन भयो । पोखरेली स्टोरका साहुजीसित समेत भेटघाट हुदा बाराका नरहरी चौलागाई समेतलाई सम्झीयौं । पाल्पाली मित्रको समेत सम्झना सहित त्यो दिनको यात्रा विश्राम भयो । ८।२८ का दिन बिहानै खाना खाइ हामी २ जना राष्टिय किताबखाना(शिक्षक)का लागि निस्क्यौं । बाटामा प्रकाश सुवेदीदाई संग समेत भेटघाट भयो । कालीमाटी रोड छेउको जुविलन्ट कलेज हुदै किताबखाना पुग्यौं, बाटैमा रहेको महेन्द्ररत्न क्याम्पस समेतको अवलोकन गर्यौ । किताबखानामा फाइल दर्ता गरी माथील्लो तलामा पुग्दा विचारी प्र.अधिकारी सर (निर्देशक, उपसचिव) संग परिचय भयो, उहांले मज्जाले सहजीकरण गरिदिनु भयो । त्यहांबाट हामी रत्नपार्क गयौं, नेपाल वायु सेवा निगमभित्र रहेको नेपाल भारत मैत्री पुस्तकालयको अवलोकन गर्यौ । त्यहांबाट दरबार स्कुल भित्र प्रवेश गरी त्यहांका सरहरुसंग विद्यालयका विविध पक्षको जानकारी लिइ सामुहिक फोटो खिचाइ बिदा भयौं, दरबार स्कुलको पछिल्लो पुननिर्माण चिनियां सहयोगमा भएको रहेछ, जुन बडो आकर्षक थियो ।

तत्पश्चात हामी सांस्कृतिक संस्थान (राष्टिय नांचघर)को हलमा चलिरहेको आदिवासी महिला संघको महाधिवेशनमा केहीबेर सरिक भयौं, जुन कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका महिला, बालबालिका तथा समाज कल्याण मन्त्री उमा रेग्मी हुनुहुन्थ्यो । केही ब्रोसर लिइ त्यहांबाट हामी पुनः किताबखाना गयौं । केही कागजपत्र अपुग भएकाले ८।२९ मा आउने गरी बिदा भयौं । त्यहांबाट रत्नपार्क पुग्दा रमेश जोशी भाञ्जा स्टेश्नमंै बाइक सहित आउनु भएको थियो । सुरुमा पदम सरलाई उहांको डेरा ईमाडोल छाडी हामी मनमैजु शुभकामना चोक स्थित सशस्त्र प्रहरी उपरीक्षक दाजु पुरन चन्द्र भट्टलाई भेट्न उहांको निवास तर्फ गयौं । सटिक भेटघाट संगै चिया, पिज्जा खाइ त्यहांबाट वसन्तपुर आयौं, भेटघाट र सामान बुझी, चिया, पानीपुरी खाइ, ईमाडोल तर्फ निस्क्यौं । ईमाडोलमा पंकज, उमेश लगायत साथीहरुसंग भेटघाट गफगाफ पश्चात खानाखाइ रात्री विश्राम गर्यौ ।

९।१ बिहानै चिया खाइ पुशपति दर्शनका लागि चक्रपथको गाडीमा अगाडी बढ्यौ । पशुपति दर्शन पश्चात फोटो खिची , प्रशादी किनि त्यहांबाट रत्नपार्क आयौं । त्यहांबाट कालीमाटी उत्री किताबखाना गइ काम गर्दा बेलुकाको करीब ४ बजी सकेको थियो । काम सम्पन्न गरी किताबखानाका ब्रोसर लिइ रत्नपार्क पुग्दा स्नातक पढदाका साथीहरु भृकुटी मण्डप पुगीसकेका थिए । कृष्ण अवस्थी (राष्टिय अनुसन्धान विभागमा कार्यरत), वीरभद्र जोशी (अधिवक्ता), गोपाल महरा (बिमा क्षेत्रमा कार्यरत), जनक साउद(वकालती क्षेत्रमा कार्यरत) संग भेट पुर्व राष्टिय सभा गृहमा फोटो खिची त्यहां पुग्यौं । रमाइलो भेटघाट, फोटो सेसन पश्चात राती एकै ठाउं बस्ने सहमती पश्चात ट्याङ्लाफांट कीर्तिपुरका लागि निस्क्यौं । नयां बजार गेटनिर उत्रदा दिपक महरा र नवलपरासीका सुजन पोखरेल समेत बस छेउमै आएका थिए । त्यहांबाट सबै जना गफीदै कोठामाा पुग्यौं, तत्कोठामा म २०७४ सालमा समेत गएकाले पुरानो याद ताजा भइरहेको थियो । केटासाथीहरुले खानपीनको दर्हो प्रबन्ध गरेका थिए ,चटपटेको पिरो सहि नसक्नु थियो । रमाइलो संगै रात्रकिो अन्त्य पश्चात ९।२ मा बिहान ७ः३० बजे हामी त्यहांबाट बिदा भयौं, हामीसंगै जनकजी समेत निस्कनु भयो, त्रिपुरेश्वर जान । विष्णुदेवी अस्पताल नजिक डकुमेन्ट लगिदिन भनी पदम सरको चिनजानका मान्छे आएका थिए, सो रिसिभ गरी हामी पदम श्रेष्ठ सर (स्थायी शिक्षक प्रा. तह दुत्तिय श्रेणी)लाई भेट्न मैत्रीनगर सौगात मन्टेश्वरी नजिक पुग्दा सर बाटो छेउमै आउनु भएको थियो ।

त्यहां भेटघाट गरी खानापिना प्रमिल आतिथ्यतामा खाइ स्युचाटार कलंकी आयौं । नयां लुगा लगाइ हामी सिंहदरबारका लागि कलंकी हुदै निस्क्यौं, बाटोम त्रिचन्द्र कलेज, प्रज्ञा प्रतिष्ठान हेरी पुतली सडक हुदै सिंहदरबार प्रवेश गर्यौ । सुरुमै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेछ, त्यहां समेत अवलोकन गरी रक्षा, कानुन, भौतिक पुर्वाधार, खानेपानी, श्रम, शिक्षा मन्त्रालय हुदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बेलौरी न.पा.का पुर्व प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखक मेडम तथा गृह मन्त्रालयका उपसचिव तथ अछाम जिल्लाका पुर्व प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सरसित भेट गरी फोटो लिइ सेन्र्टल केन्टिनमा खाजा खाइ शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरका लागि छुट्टियौं । भक्तपुरमा सिइएचआरडीका निर्देशक राम चन्द्र शर्मा,ईमिस विज्ञ संवेदन कोईराला, शाखा अधिकृत प्रविन बाबु पोखरेल सरसित भेट गरी पाठ्यक्रम विकास केन्द्र,शिक्षक सेवा आयोग लगायतको अवलोकन गरी ब्रोसर ल्याइ कोटेश्वर आयौं । प्रेमवल्लभ भट्ट (पुर्व प्र.स.नि) ठुल्बुवाले लुभुतिर बस्ने योजनासहित ग्वार्को आउन अनुरोध गरेसंगै बसचढी लुभु तिर गयौं । नयां बनेको आकर्षक घरमा प्रेमिल स्वागतसंगै खाना खाइ रात्री विश्राम पश्चात ९।३ मा बिहान तोयराजदाईकोमा हरिसिद्दी गयौं ।

प्रेमिल स्वागत सहित खानाखाइ त्यहांबाट सातदोबाटो हुदै गठ्ठाघर भक्तपुर देवी दत्त भट्ट ठुल्बुवा (निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान)को घर पुग्यौं, उहांको घरबाट विश्वविद्यालय अनुदान आयोगको कार्यालय नजिकै रहेछ । त्यहां समेत भेटघाट गरी चियाखाइ पुतलीसडक आयौं । पैरवी प्रकाशनबाट साहित्यीक र प्रशासनिक पुस्तक खरिद गर्यौ । आर आर क्याम्पस, फनपार्क हुदै भृकुटीमण्डप पुग्यौं, त्यहां जुत्ता जकेट खरिद गरी २०७३ सालमा संघीय प्रा.स.मा मध्यमाञ्चलबाट १ नम्बरमा नाम निकाल्न सफल भरतमणि वली सरसित भेट गरी चिया खाइ फोटो लियोै. । साथमा पासाङ लोप्चन सर तथा अर्को १ जना प्रा.स. सर समेत हुनुहुन्थ्यो । तेताबाट रत्नपार्कबाट टेम्पो चढी कलंकी पुग्यौं । स्युचाटारका लागि फलफुल र तरकारी लगी घर पुग्दा राती भइ सकेको थियो । गफगाफ संगै खाना पश्चात निद्रामा विलाप भयौं । ९।४ मा बिहानै चन्द्रागिरी हिल्स जानका लागी बिहानै घरबाट निस्क्यौं, चेकपोष्टबाट हिनेर स्टेश्न पुग्दा सार्है थकाइ महसुस भइरहेको थियो । टिकट लिइ केवलकार चढदा सार्है रमाइलो महसुस भएको थियो । १२ मिनेट जतिमा हामी ओर्लिने स्टेश्नमा पुग्यौं, त्यहां भालेश्वर मन्दिर हेरी आनन्दानुभुती गर्यौं । पारीपट्टी मकवानपुर जिल्ला पर्दो रहेछ । उच्चो डांडोबाट पुरा काठमाण्डौको दृश्यावलोकन गर्यौं । चन्द्रागिरी दर्शन पश्चात ११ः३० बजेतिर कलंकी पुगी विमल ओझा सरसित भेटगरी चिया खाइ स्युचाटार पुगी खाना खाइ एयरपोर्टका लागी रमाना भयौं । डोमेस्टीक टर्मिनलबाट ३ बजेतिर भित्र पसी श्री एयरलाइन्सको प्लेनबाट करीब ५ बजे धनगढी पुग्यौं । हाइसबाट महेन्द्रनगर हल्दुखाल पुग्दा रातीको पौने आठ बजीसकेको थियो, पदम सरसमेत आमाबुवा भेट्न भनी पुनर्वास तिर लाग्नु भयो । समग्रमा यात्रा अर्थपुर्ण र फलदायी रह्यो । पांच वर्ष पहिला काठमाण्डौं बस्दाका यादहरु ताजा भए ।

May be an image of text that says "Bangaun, Kanci Function C 18th"

लेखक : अमित प्रसाद भट्ट

 

ताजा समाचार