पेले र म्याराडोनालाई पछ्याउँदै मेस्सी , बिश्वकप जित्छन ?

एउटा युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्, ‘फाइनल खेलेर विश्वकपबाट बिदा लिँदै छु । मेरो अन्तिम विश्वकप नै अबको फाइनल खेल हुनेछ । त्यसैले म खुसी छु । एउटा प्रश्न भने कायमै छ– के अर्जेन्टिनाले विश्वकप जित्ला ? कि फ्रान्सले जित्ला ? अब धेरै कुर्नुपर्ने छैन । भोलि आइतबार फाइनल हुनेछ । खेल सकिनेबित्तिकै हामीले नयाँ विश्वकप विजेता पाउनेछौं । साँच्चै फ्रान्सले दोहोर्याएर विश्वकप जित्न पनि सक्छ । होइन भने अर्जेन्टिनाको पालो । भन्नेहरूले भनिसके– यसपल्टको कतार विश्वकप, मेसीको विश्वकप, मनि भन्छु मेसिको बिश्वकप । अहिलेसम्म कतारमा कोही एक खेलाडी साँच्चै छाएका छन् भने ती मेसी नै हुन्, अरू होइनन् । यसपल्टको विश्वकपको कथा भन्नु नै मेसी हो । मेसी, मेसी र फेरि पनि मेसी । अहिलेको पुस्ताले देखेका विश्व फुटबलका सबैभन्दा ठूला स्टार दुई छन्– मेसी र क्रिस्टियानो रोनाल्डो । यी दुईमा को चाहिँ साँच्चै उत्कृष्ट खेलाडी हो ? एक दशकभन्दा बढी समय भइसकेको छ, यो प्रश्न विश्व फुटबल बजारमा बेला बेला उठिरहन्छ । अहिलेसम्म यसको यही उत्तर भन्ने पनि छैन ।

यसबारे जति मुख उति फरक तर्क हुन सक्छ । यो विश्वकपले यसको पनि ठ्याक्कै उत्तर दिन सक्नेछ । रोनाल्डो र पोर्चुगल दुवै प्रतियोगिताबाट बाहिरिइसके । रोनाल्डोको त अहिले कुनै क्लब पनि छैन । हल्ला छ, उनी रियल म्याड्रिड पुगिसके, त्यहीं अभ्यास गरिरहेका छन्, के–के न हतारो भएजस्तो ! मेसी भने कतार,दोहामै छन् । त्यहाँ मस्त छन् । फाइनलको तयारी गरिरहेका छन् । रोनाल्डोको मनको कुनै कुनामा यो विचार त पक्कै होला– मेसीको टिम हारेकै राम्रो । रोनाल्डोसँग यही विचार मिल्ने पनि होलान्, तर अधिकको चाहना मेसीले यसपल्ट विश्वकप जितेर बिदा लिए राम्रो भन्ने नै हो । मेसीका पनि विरोधी छन् । सबैले मेसीलाई नै मन पराउनुपर्छ भन्ने पनि छैन । तिनकै मुखबाट पनि निस्किरहेको छ, अर्जेन्टिना टिमका लागि त होइन, तर मेसीले विश्वकप जितेको हेर्ने इच्छा छ जस्तो मेरो पनि चाहाना पनि त्यही हो ! बिगत लामो समय बाट ब्राजिललाई समर्थन गर्दै आएको म बेक्तिगत रुपमा मेसिको ठुलो प्रशसक भएको हुदा यो पाली बिश्वकप मेसिले जित्नु पर्छ भन्ने हो। जस्तै स्पेनका प्रशिक्षक लुइस एनरिके । त्यसो त उनी मेसीसँग नजिककै सम्बन्ध भएकोमा पर्छन् । मेसीले बार्सिलोनाका लागि खेलिरहँदा एनरिके प्रशिक्षक पनि भए । उनी कतार आउनुअघि भन्थे, ‘म चाहन्छु, स्पेनले नै विश्वकप जितोस् ।

यदि स्पेनले जित्न सकेन भने मेस्सीले जितुन। विश्व फुटबलले अहिलेसम्म जति महान् खेलाडी पायो, त्यसमा पनि अब्बल भनेर दुई जनाको नाम आउँछ । एक त ब्राजिली पेले भए । अर्को अर्जेन्टिनी डिएगो म्याराडोना । प्रश्न के पनि छ भने पेले राम्रो कि म्याराडोना ? म्याराडोना त्यस्ता खेलाडी हुन्, जसले ‘मै सर्वश्रेष्ठ हुँ’ भन्न पछि परेनन् । जे होस्, विश्वकप भनेपछि साँच्चै अगाडि आउने दुई ठूला नाम पेले र म्याराडोना नै हुन् । मेसीसामु मौका छ, यी दुई नामसँगै आफू पनि जोडिने । अर्जेन्टिनाले पूर्णतः मेसीमा निर्भर भएर उनैलाई केन्द्रमा राखेर खेल्न थालेको अहिले होइन, धेरै भयो । बार्सिलोनाले त एक दशकभन्दा बढी समय यसरी नै खेलेको थियो । बार्सिलोना स्पेनी ला लिगामा मात्र होइन, युरोपेली च्याम्पियन्स लिगमा पनि चम्कँदा त्यसका प्रमुख खेलाडी तिनै मेसी त थिए । उनको उपचार खर्च पनि अर्जेन्टिनामै रहँदा नपुग्ने भएपछि पूरै परिवार धेरै अघि बार्सिलोना आएको थियो । त्यसपछि के भयो, त्यो सबैलाई थाहा भएको इतिहासै हो । पछिल्लो एक दशकभन्दा बढी समय बार्सिलोनाले स्पेन र युरोपमा जुन दबदबा कायम राखेको थियो, मेसिले बार्सिलोनाका लागि के मात्रै जितेनन् ? ला लिगा, किंग्सकपदेखि च्याम्पियन्स लिग सबै । सातपल्ट बेलन डे’अर पनि जिते । तर, उनले यस्तै काम अर्जेन्टिनाका लागि गर्न सकेका छैनन् । गत वर्षको कोपा अमेरिका नै मेसीले अर्जेन्टिनाका लागि जितेको सबैभन्दा ठूलो उपाधि हो ।

त्यसअघि मेसीमाथि आरोप थियो, यिनले आफ्नो टिमका लागि केही जित्न सक्ने छैनन् । धन्न, कोपा अमेरिका जिते । अब पालो यही विश्वकपको । प्रतियोगितामा अर्जेन्टिनाको सुरुआत पनि राम्रो रहेन । साउदी अरेबियासँगको पहिलो खेलमै अर्जेन्टिना पराजित रह्यो । त्यसमा मेसीले पहिलो गोल त गरे, तर साउदी पनि के कम ! जितका लागि दुई गोल फर्काइदियो । फेरि भन्न सुरु भएको थियो, यी मेसीले केही गर्ने छैनन् । तर होइन, यसपल्ट मेसीले धेरै गरेका छन् । सम्भवतः उनी आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट विश्वकप खेलिरहेका छन्, त्यो पनि ३५ वर्षको उमेरमा । क्रोएसियाविरुद्धको सेमिफाइनलमा त मेसी खुबै छाए । अर्जेन्टिनाले हात पारेको तीन गोलको जितमा पहिलो गोल उनकै नाममा रह्यो । खेलको तेस्रो गोल त उनको नाममा थिएन, तर यो गोलको सबै श्रेय उनैले खाए । जुलियन एल्भारोको त्यस गोलमा मेसीले एकाएक जसरी जादुयी तरिकाले अवसर सिर्जना गरे, त्यो अद्वितीय थियो । उनले निकालेको पासमा एल्भारोको काम त खालि छुनु मात्रै थियो, उनले गरेको काम पनि यत्ति मात्रै थियो । यसपल्टको विश्वकपमा अर्जेन्टिनाले कुल १२ गोल गरिसकेको छ । त्यसमा पाँच गोल त मेसीकै नाममा छ । त्यति मात्रै होइन्, थप तीन गोलमा अवसर बनाउने पनि उनै थिए । मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सविरुद्ध पनि मेसीले कमाल खेले । उनले विश्वकप इतिहासमै ११ गोल गरिसके, जुन अर्जेन्टिनाका लागि कीर्तिमान पनि हो । तर, यसबीच सन् २०१४ को विश्वकप फाइनल पनि पर्छ, जसमा मेसीको अर्जेन्टिना जर्मनीको हातबाट पराजित भएको थियो ।

फुटबल प्रेमी थापा

ताजा समाचार