बेलडाँडीमा अवैध संरचनामाथि डोजर


कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीमा स्थानीय सरकारले अवैध संरचनामाथि डोजर लगाईएको छ । बेलडाँडी गाँउपालिकाले ग्रिनबेल्ट भित्र निर्माण भएका दर्जनौँ अवैध संरचनामाथि डोजर लगाएको हो । चालु आर्थिक बर्ष २०७९/०८०मा १५ सैयाको अस्पताल निर्माणका लागि बेलडाँडी गाँउपालिकाले छनौट गरेको स्थानमा निर्माण भएका अवैध संरचना हटाएको छ । विगतमा कृषि कार्यालय रहेको भवन सहितका १२ घर, गोठ, पसल भत्काएको हो । बेलडाँडी गाँउपालिकाले अस्पताल निर्माणका लागि छनौट गरेको सरकारी जमिनमा बनाईएका घर, टहरा सहितका संरचना भत्काएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले दुई पटक सुचना जारी गर्दा समेत अस्पताल निर्माण स्थल खाली नगराएपछि डोजर नै लगेर भत्काएको बताए । ‘हामीले दुई पटक अस्पताल निर्माण स्थल खाली गराउनका लागि सुचना जारी गरे, तर कसैले मानेन, ‘उनले भने, ‘बाध्य भएर अवैध संरचना हटाएका हौँ ।’

१५सैयाको अस्पताल निर्माणका लागि झण्डै १ विगाह १७ कट्टा जमिन क्षेत्रफलमा अस्पतालको भवन, पार्किङ्ग, क्यान्टिन, शवगृह सहितका संरचाना निर्माण हुनेछन । अस्पताल निर्माणका लागि बङगामुखी बैजनाथ जेभीले अस्पताल निर्माणमा ६ मसिर ०७९मा सम्झौता गरेको छ । अस्पताल निर्माण क्षेत्र खाली भएसंगै कम्पनीले अस्पताल निर्माण गर्नेछ । उक्त स्थान ओगटेर बसेका मध्ये दुई परिवार वास्तविक सुकुमबासी भएकाले उनीहरुको पालिकाले अस्थायी रुपमा बसोबास व्यवस्था मिलाउने गाँउप्रमुख रानाले बताए । ‘शैलेन्द्र राना र लक्ष्मी गिरी दुई परिवारको अवस्था ज्यादै नाजुक छ, ‘उनले भने, ‘उनीहरुको पालिकाबाट अस्थायी रुपमा प्रबन्ध गछौँ ।’ गाँउपालिकाको स्वामित्वमा रहेको उक्त अतिक्र्मित जमिन खाली गराएसंगै पालिका नेतृत्वको प्रसंसा भएको छ । स्थानीयले पालिकाको कामजनमुखी साहसिक भएको बताएका छन । स्थानीय किरण ठगुन्नाले पालिकाबाट भएको काम राम्रो भएको बताउँदै, यसरी नै सम्पूर्ण अतिक्रमण गरिएको ग्रिनबेल्ट खाली गराउनुपर्ने बताए ।

‘गाँउपालिकाले ७२ विगाह जमिन भित्र निर्माण भएका नेतादेखि कर्मचारीका अवैध संरचना पनि भत्काउनुपर्छ, ‘जहाँ गरिब त्यहाँ मात्रै डोजर होईन ठुलाबडाले कब्जा गरेको जमिन पनि खाली गराउनुपर्छ ।’ बेलडाँडीका स्थानीय अगुवा युवा निरु शाहुले गाँउपालिकाले अघि बढाएको समाजिक र जनहित कार्य सरानिय भएको बताए । ‘यो ठाँउमा अस्पताल निर्माण हुनु, हामी बेलडाँडीबासीका लागि सुखद विषय हो, ‘उनले भने, ‘यसमा हामी सबैले गर्व सहयोग गर्नुपर्छ ।’ डोजर प्रकरणमा गाँउउप्रमुख शान्ति नाथको सहयोग भन्दा असहयोग गरेको थियो । अवैध संरचनामाथि डोजर चन्दा उनले अवरोध गरेकी थिईन । गाँउ उपप्रमुख शान्ति नाथले आफुले पहिला वास्तविक पीडितको पुर्नस्थापना गरेर मात्रै अन्य संरचना हटाउनुपर्ने भएको दावि गरेकी छिन । ‘मैले कुनै अवरोध गरेको छैन, ‘उनले भनिन, ‘बरु उल्टै हामीविच समन्वय भएन ।’ उक्त जमिनमा बसेका कुम्भराज गिरीले आफुहरु अन्यन्त्र समेत जमिन भएको तर, केही नभएका परिवारलाई पुर्नस्थापनामा जोडदिएका छन ।


ताजा समाचार

spot_img