अपाङ्गता भएका ब्यक्तिहरु लाई ऐन निमावली सम्बन्धी एक दिने अभिमुखिकरण


महेन्द्रनगर : सुदुरपश्चिम समाबेसी अपाङ्गता संघले अपाङ्गता भएका ब्यक्तिहरुका ऐन निमावली सम्बन्धी अभिमुखिकरण गरेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरुका ऐन निमावली निर्देशिका सम्बन्धि जनप्रतिनिधि र स्थानीय समन्वय समितिका सदस्यहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो।

No description available.

महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय भिमदत्त नगरपालिका सभापतिमा मानमती देबि भट्ट रहनुभएको कार्यक्रममा परिचय पत्र नियमावली सम्बन्धि सहजीकरण भीमदत्त नगरपालिका प्रमुख प्रसासकिय अधिकृत यम नारायण गौलीले गर्नुभएको थियो। ऐन नियमावलीका बारेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश कार्य समितिका निवर्तमान अध्यक्ष उपेन्द्र बहादुर खडायत ले सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि भिमदत्त नगरपालिका मेयर पदम बोगटी विशिष्ट अतिथी उप प्रमुख निलम लेखक रहनु भएको थियो।No description available.

कार्यक्रममा प्रमुख अतिथिले भिमदत्त नगरमा रहेका अपाङ्ग्ता भएका ब्यक्तिहरुको बिस्तृत तथ्यांक राखी प्रोफाइल निर्माण गरि योजनाबद्ध ढंगबाट अगाडी बढने प्रतिबद्धता जाहेर गरेका छन्। भने उपप्रमुखले नगरपालिकामा घुम्ती शिविर राखी परिचय पत्र बितरन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । कार्यक्रम सञ्चालन पार्वती कुमारी बिष्टले गर्नु भएको थियो। भने वडा अध्यक्ष स्थानीय समन्वय समितिका सदस्य गरि ३० जनाको सहभागिता रहेको थियो।No description available.

 


ताजा समाचार

spot_img