कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बञ्जरिया स्थीत महाकाली सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा विर बहादुर राजवंशी चयन हुनु भएको छ । सामुदायिक वनको १५ औं साधारण सभाबाट दोश्रो कार्यकालका लागि राजवंशी अध्यक्ष पदमा चयन भएका हुन । सामुदायिक वनको साधारण सभाबाट उपाध्यक्षमा निसान्त खडका, सचिवमा देवकी नेगी, सह सचिवमा सुसिला चौधरी, कोषाध्यक्षमा कालुसिंह डगौरा चयन भएका छन । नव चयन भएका अध्यक्ष राजवंशीका अनुसार टोल भेलाबाट सामुदायिक वनको प्रथम बैठकबाट तीन जना सदस्य चयन गरिने छन । यसैगरी पहिलो बैठकबाटै एक जना दलित, एकल विपन्न र एक जना महिला गरी तीन जना सदस्य मनोनित गरिने छन । साधारण सभाको नगर प्रमुख हेमराज ओझोले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रमा बोल्दै उहाँले नगरपालिका भित्रका सामुदायिक वन मध्ये महाकाली सामुदायिक वन उत्कृष्ट रहेको बताउनु भयो ।

सामुदायिक वन संग साझेदारी गरी नगरपालिका कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो । वन संग सहकार्य गरी उपभोक्ताको आयस्तरमा बृद्धि गर्नका लागि कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई रहेको छ । सामुदायिक वनमा बाँस, बेत र कागती खेती गरी गर्नका लागि कार्यक्रम सञ्चालन गछौं उहाँले भन्नु भयो, बेतवाँसमा आधारित उद्योग सञ्चालन गरी स्थानिय स्तरमै रोजगारी अवसर सृजन ागर्न चाहन्छौं । अत्तरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत निरञ्ज कडालले बैज्ञानिक वन कार्यक्रम सञ्चालन भएका सामुदायिक वनका कार्यक्रम अलपत्र परेकाले त्यसका लागि सम्बन्धीत निकायले चासो राख्नु पर्ने बताउनु भयो । अध्यक्ष विर बहादुर राजवंशीले दुई वर्ष देखि सामुदायिक वनमा पुनः उत्पादनका कार्यक्रम बाहेकका कार्यक्रम सञ्चालन हुन सकेको बताउनु भयो ।

कानुन संग जोडिएका कुराहरु राजनीतिक रुपमा सुल्झयाउनु पर्ने उहाँको भनाई थियो । साधारण सभामा भौतिक पूर्वाधार निर्माणमा सहयोगी सहायक वन अधिकृत निरन्जन कडारा, सामुदायिक वनलाई अतुलिनिय योगदा दिने जोगराज चौधरी, सामुदायिक वनका पूर्व सल्लाहकार धन बहादुर मल्ल र सुशासित तथा विशष्ट कार्य गर्ने मेख बहादुर कडाललाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गणेश बहादुर बुडथापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कालुसिह चौधरीले प्रस्तुत गर्नु भएको थियो ।







