बेलडाँडीका प्रमुख राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित


कञ्चनपुर:  कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित भएका छन । आइतबारदेखि काठमाण्डौँमा भएको गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

बेलडाँडी गाँउपालिका प्रमुख राना महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन । बुधबार गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रानालाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ । आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बेलडाँडी गाँउपालिका प्रमुख रानाको भनाई छ ।

गत बर्ष नेपाली काँग्रेस कञ्चनपुर उपसभापतिमा निर्वाचित भएपछि गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बेलडाँडी गाँउपालिका प्रमुखमा निर्वाचित भएका राना ८ महिना पछि फेरी गाँउपालिका महासंघ नेपालमा समेत निर्विरोध निर्वाचित भएका छन ।


ताजा समाचार

spot_img