कञ्चनपुरको खुल्लामञ्चलाई व्यवस्थित बनाउन ध्यानाकर्षण पत्र


महेन्द्रनगर : भीमदत्त नगरपालिका ४ मा रहेको खुल्लामञ्चमा पछिल्लो समय दुर्गन्धित तथा फोहर बढदै गएको पाईएको छ । आम स्थानियहरुले जथाभावी फोहर फालिदिनाले मञ्चमा फोहर बढेको हो । यसै विषयमा ध्यानाकर्षण गर्न हेल्प नेपालका अध्यक्ष समाजसेवी लागुऔषध दुव्र्यशनी रोकथाम सदूपश्चिम संयोजक मदन चन्द लगायतको टोलीले मंगलवार खुलामञ्चको उचित व्यवस्थापन र सार्वजनिक शौचालय तथा खानेपानीको प्रवन्ध मिलाउनु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । महेन्द्रनगर बजारको केन्द्रमा रहेको सार्वजनिक सम्पत्ती खुलामञ्च सरसफाई तथा अन्य व्यवस्थापनको अभावमा उचित व्यवस्थापनको पर्खाईमा रहेकोले यसको सौन्दर्य तथा उचित व्यवस्थापनका लागी भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीलाई ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

जिल्लामा रहेको एक मात्रै खुलामञ्चको उचित संरक्षण हुन नसकेको, फोहोरमैलाले दुर्घन्धित हुँदै गएको र मञ्च भित्र रहेका सार्वजनिक शौचालयहरु नियमित सरसफाई र व्यवस्थापनको अभावमा प्रयोग विहिन अवस्थामा रहेको र यसको विकल्पमा खुलारुपमा दिशा पिसाव गर्ने गरिएकोले सोको व्यवस्थापनका लागी सार्वजनिक शौचालयको मर्मत संभार, नियमित सरसफाई लगायतका काम गर्नका साथै आवश्यकता अनुसार नयाँ शौचालय थप्ने की ? भनेर पनि सुझाव दिने चन्दले बताए । पानी नहुँदा यहाँ रहेका सार्बजनिक शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको गुनासो आएपछि आफुहरुले ध्यानाकर्षण पत्र दिएको उनले बताए । गरेको मञ्च फोहोरले दुर्घन्धित भएपनि संरक्षणका लागि नगरपालिकाले पहल नगरेको र प्याराफिट बस्न लायक नभएको, रंगरोगन गर्नुपर्ने अवस्थामा पनि नगरपालिकाले ध्यान नदिएको उनले बताए । सार्बजनिक शौचालयलाई सफाई गरी पुनः प्रयोगमा ल्याउन पनि आग्रह गरिएको छ ।

पानीको उचित व्यवस्था नहुँदा शौचालयहरु पनि प्रयोग विहिन भएका छन् । नगरप्रमुख बोगटीले माग यी सबै विषयमा सकारात्मक धारणा दिएको उनले बताए । मञ्चमा नियमित रुपमा स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना भैरहने भएकाले मञ्चको एक ठाउँमा खेलडीहरुको लागी चेन्जरुम बनाउने । मञ्चमा नियमित रुपमा विद्युतको आपूर्तिको साथसाथै बत्तीको व्यवस्थापन गर्ने । फोहरमैला व्यवस्थापनका लागी ठाउँठाउँमा डष्टवीनहरुको व्यवस्थापन र नियमितरुपमा प्रत्येक विहान उक्त फोहर उठाउने व्यवस्था गर्ने । बाउण्ड्री बन्न बाँकी रहेको ठाउँमा बाउण्ड्री बनाई गेट व्यवस्थापनलाई उचित रूपमा व्यवस्था गर्ने, लगायतका विषयमा ध्यानाकर्षण गरिएको छ ।


ताजा समाचार

spot_img