कञ्चनपुर : मानव बेचबिखन रोकथाम एव न्यूनिकरणका लागि सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन । माईती नेपाल कञ्चनपुरद्वारा महेन्द्रनगरमा लैङ्गिक हिंसा बि?द्धको १६ दिने अभियानको समापन पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा मानव बेचबिखन रोकथाम एव न्यूनिकरणका लागि सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका हुन । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघरसंस्था संग पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देखिएका सामस्या तथा चुनौतीका बारेमा छलफल गर्न अन्तरकृयाको आयोजना गरिएको थियो ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा प्रभावकारी जिम्मेवारी बहन गर्ने जिल्ला तथा सिमाक्षेत्रका प्रहरी अधिकारी, कानुन ब्यबसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधि बिच समस्या तथा चुनौतीका बिषयमा घनीभुत छलफल गरिएको छ । अनौपचारिक?पमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बर्ष ०२२ को हाल सम्मको कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिईन । माइती नेपालले प्रस्तुत गरेको प्रतिबेदन अनुसार मानव बेचबिखन तथा ओसारपसारको अवस्था भयाबह देखिएको छ ।
प्रतिबेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार माइती नेपालले यस बर्ष मात्रै अहिले सम्म गड्डाचौकी सिमानाका र झोलुङ्गे पुलको बाटो हुंदै सिमापार गराउन लागिएका एक सय ५५ जना महिला तथा बालबालिकालाई रोकथाम गरी पारिवारिक पुनर्मिलन गराएको छ । त्यसै गरी ५० जना महिलालाई सिमानामै परामर्श प्रदान गरे पश्चात उनीह? आफु बेचबिखनको जोखिममा परेका थाहा पाएर स्वतस्स्फूर्त?पमा सिमानाका बाटै घर फर्किएका छन । यसै बर्ष भारतका बिभिन्न शहरका बेश्यालयमा छापा मारेर माइती नेपालले २२ जना महिला तथा बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरेको छ । प्रतिबेदन माथी टिप्पणी पश्चात सहभागी बिच मानव बेचबिखन तथा ओसारपसारमा पछिल्लो समयमा देखिएका ट्रेण्ड,समस्या र चुनौतीका बारेमा छलफल गराईएको थियो । छलफलका क्रममा आफ्नो राय प्रस्तुत गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी ईन्चार्ज प्रहरी निरिक्षक बिनु शाहीले मानव बेचबिखन बिश्वब्यापी समस्या भएकाले यस्को नियन्त्रणका लागि सबैले अभिभावकमुखी जिम्मेवारी निर्वाह गर्न सचेतनाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा मानव बेचबिखन नियन्त्रण र पीडतिको उद्धार तथा पुनस्र्थापनामा माईती नेपालले धेरै राम्रो काम गरेको छ, उहांले भन्नु भयो– माइती नेपालले धेरै राम्रो काम गरेको छ । नेपाल प्रहरी पनि घटना अघि र पछि संगै जोडिएको हुन्छ । घटना हुन नदिन र घटना भई सके पछि पनि अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रत्यक्ष?पमा जोडिएको हुन्छ । त्यसैले हाम्रो जिम्मेवारी पनि महत्वपुर्ण हुन्छ । हामी सदा साथ र सहयोगका लागि तत्पर छौं ।
छलफलका क्रममा अधिकांस सहभागीले मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराधलाई स्थानीय सरकारले अत्यन्त गम्भिरताका साथ लिनुपर्ने र बजेट छुट्ट्याएर कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्नु पर्ने तर्क राख्नु भयो ।
जिल्ला अदालत बार एशोसिएसनकी सचिव कौशिला योगीले बढी जसो घरेलु हिंसा बाट प्रताडित महिला तथा बालबालिका मानव बेचबिखनमा पर्ने गरेका हुनाले स्थानीय सरकारले घरेलु हिंसा नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो सुझाव प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधब धामीले पनि मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकारले नै जिम्मेवारी लिनुपर्ने बताउनु भयो । स्थानीय सरकार अधिकार सम्पन्न छ । स्थानीय सरकार भनेको जनताको घरदैलोमा पुगेको सिंह दरबार हो । स्थानीय सरकारले मानव बेचविखन नियन्त्रणलाई नीति तथा कार्यक्रम भित्र राखेर बजेट छुट्ट्याउनु पर्दछ र टोल टोल देखि नै मानब बेचविखन बि?द्ध सामाजिक सचेतना अभियान गर्नु ज?री छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माईती नेपालको भुमिका सर्वोत्कृष्ट रहेको भन्दै उहांले थप्नु भयो यसमा माईती नेपालको भुमिका अग्रणी र सर्वोत्कृष्ट रहेको छ । हामी यो जिल्लामा बिगत २० बर्ष देखि साक्षी छौं । आज सम्म मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा जो भुमिका माइती नेपालले निर्वाह गरेको छ त्यो अ? कसैले कहिल्यै गर्ने आंट सम्म पनि गरेनन । माईती नेपालको यो संघर्ष मुक्त कण्ठले प्रसंसा गर्नुभयो । छलफलकै क्रममा आर्को पाटो सामुन्ने आयो । अधिकारकर्मी तथा मिडिया एडभोकेसी गुपकी सदस्य मेनुका बस्नेतले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि शिक्षित महिला स्वयं पनि संयमित र सचेत हुनुपर्ने तर्क अगाडी सार्नु भयो । उहांले आफ्नो राय प्रस्तुत गर्दै प्रश्न गर्नु भयो मानव बेचविखन तथा ओसारपसारको कारण कतै हामी पनि बन्दै गएका त छैनौं ? हाम्रो परिवर्तित रहनसहन, रितीरिवाज र चालचलनको देखासिकीले नयां पिंढीमा नकारात्मक प्रभाव परिरहेको छ । हामीले गरेको तडकभडकको प्रत्यक्ष प्रभाव किशोर किशारीह?मा परि रहेको छ । उनीह?को बिलासितायुक्त जीवन प्रतिको महत्वाकांक्षा बढ्दो छ र अनन्त्वगत्वा बेचबिखनका शिकार बन्न पुग्दैछन् । उहांले सामाजिक सञ्जालको दु?पयोगको अर्को प्रसंग पनि जोड्नु भयो । सामाजिक सञ्जालको दु?पयोगका कारण पनि मानव बेचबिखनका घटनामा दिनानुदिन बृद्धि भई रहेको उहांको ठहर छ । नयां पिंढीमा महत्वाकांक्षा सामान्य भन्दा बढ्दै गएको छ । ंअधिकारकार्मी तथा पत्रकार मेनुका बस्नेतले बाल बिबाह पनि बेचविखनको मुख्य कारण रहेको तर्क गनुभभयो ।
कार्यक्रमका अर्का सहभागी कानुन ब्यबसायी कौशिल्या ओझाले मानव बेचबिखनका घटना प्रायस् दलित तथा जनजाती समुदायमा बढी देखिएको कुरामा जोड भयो । उहांका अनुसार आज पनि दलित तथा जनजाती समुदायका महिला तथा बालबालिकालाई भकारो सोर्ने देखि चुलोचौको र घरायसी ब्यबहारमै सिमित राख्ने गरिएको छ । फलस्व?प बदलिंदो परिस्थितिमा त्यस्ता कार्य बाट उन्मुक्ति चाहने ती महिला तथा बालबालिका बढी जसो बेचविबखनको शिकार बन्न पुग्दछन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अहोरात्र खटिदै आएको माईती नेपाल कञ्चनपुरले मानब बेचविखन तथा ओसारपसार, लैङ्गिक हिंसा र महिला तथा बालबालिका माथी हुने हरेक प्रकारका हिंसा तथा भेदभाव अन्त्यका लागि निरन्तर कार्यक्रमको आयोजना गर्दै आएको छ । यस पटक पनि लैङ्गिक हिंसा बि?द्धको १६ दिने अभियानको पहिलो दिन गड्डाचौकी सिमानाकामा ब्यानर राखेर पर्चा पम्फलेटिङ बाट शु? गरेको अभियान भीमदत्त नगरपालिका वडा नं। १२ र दोधाराचांदनीमा मानव बेचविखन तथा ओसारपसार बि?द्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ । सीमावर्ती नगरपालिकामा घरदैलो कार्यक्रम, पर्चा पम्फलेट बितरण लगायत सुरक्षित सञ्जाल संग पुर्नताजगी बैठक एवं अनेकन् समन्वयात्मक र समहकार्यात्मक अन्तरकृयाह?को आयोजन समेत यही लैङ्गिक हिंसा बि?द्धको १६ दिने अभियानको क्रममै गरि सकेको छ ।







