महेन्द्रनग: सानीमा लाईफ ईन्सुरेन्सले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसरमा शाखा कार्यालयले महेन्द्रनगरले सामाजिक दाइत्यो अन्तर्गत समाज कल्याण अञ्चल बाल अनाथालयमा लत्ताकपडा, स्टेशनरी र खाद्यान्न सामाग्री सहयोग गरेको छ । बार्षिक उत्सवको अबसरमा बालवालिका साथमा केक काटेर उनीहरु संगै मनाएका हुन् ।

सानीमा लाईफ ईन्सुरेन्स सुदूरपश्चिम क्षेत्रिय कार्यालय धनगढीका प्रदेश प्रमुख गणेशप्रशाद उप्रेतीको संयोजकत्वमा बिहीबार एक कार्यक्रमको आयोजना गरी जाडो लाई मध्यनजर गरि कपडा, कम्बल खाद्यान्न र स्टेशनरी बालवालिकाहरुलाई हस्तान्तरण गरियो! सानीमा लाईफ ईन्सुरेन्सका क्षेत्र शाखा प्रबन्धक रोशन भट्टले जानकारी दिए ।

कार्यक्रममा सानीमा लाईफ ईन्सुरेन्सका झालारी शाखा प्रबन्धक किशोर लेखक , बजार अधिकारी हिक्मत सिंह रावल, गणेश राज जोशी, धना जोशी, बर्खा साउद सिएसई नन्द राज बिष्ट । बार्षिक उत्सवमा एजेन्सी म्यानेजर अम्बा दत्त जोशी, गोपि सिंह साउद, केशब दत्त जोशी, रुपेश के.सि, त्रैलोक्यानाथ पाण्डेय, निर्मला भट्ट, बिमला पाण्डेय, धुर्ब राज अवस्थी शिला महरा, अभिकर्ता सरिता पन्त, धन राज शर्मा लगाएतका सहभागिता रहेको थियो । सानीमा लाईफ ईन्सुरेन्सले हरेका बर्ष आफ्नो बार्षिक उत्सवामा सामाजिक कार्यक्रम गर्दै आएको छ । कम्पनीले बिभिन्न प्रकारका बीमा गर्दै आएको छ ।







