सामुदायिक पशु चौपायाको दिगो व्यवस्थापनका लागि सरोकारवाला एकमत


कञ्चनपुर : कञ्चनपुरमा विद्यमान छाडा पशु चौपायाको दिगो व्यवस्थापनका लागि जिल्लाका सरोकारवाला निकाय एकमत भएका छन । जिल्ला समन्वय समिति कञ्चनपुरमा बसेको सर्वदलिय बैठकमा राजनीतिक दलका प्रतिनिधी एव सारोकारवाला निकाय एकमत भएका हुन ।

छाडा पशु चौपायाका कारण सवारी दुर्घटना भई मानिसले अकालमै ज्यान गुमाउनुपर्ने र किसानको अन्नबाली नष्ट गरिदिने समस्या भएकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि राजनीतिक दल एव सरोकारवाला निकायले जोडदिएका छन । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मिन बहादुर सिह, नेकपा माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, जनमोर्चा अध्यक्ष राम बहादुर कार्की, राप्रपा नेता चक्र्रदेव जोशी सहितका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधी, समाजिक सघ संस्था, सामुदायिक वन, डिभिजन वन, निकुञ्ज एव सरोकारवाला निकायले यथाशिघ्र सामुदायिक छाडा पशु चौपाया नियन्त्रणमा जोडदिएका छन ।

जिसस कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा बसेको बैठकले सामुदायिक पशु चौपायाको दिगो व्यवस्थापन बहुउदेशीय व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।


ताजा समाचार

spot_img