चार दलले भने, ‘हामी छानबिन समितिमा बस्दैनौँ’


कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरालिकाले छाडा पशु चौपायामा मृत्यु बारे गठन गरेको छानबिन समितिमा चार राजनीतिक दलले आफुहरु नबस्ने घोषणा गरेका छन । बुधबार सर्वदलिय बैठकबाट पशु विकास शाखा प्रमुख तर्कराज भट्टको संयोजकत्वमा गठन गरेको छानबिन समितिमा चार राजनीतिक दलले आफुहरु छानबिन समितिमा नबस्ने घोषणा गरेका हुन ।

एक विज्ञप्ती जारी गर्दै चारै राजनीतिक दलले किसानको समस्या किसानसंग गर्नुपर्ने माग अघि सारेर नबस्ने घोषणा गरेका हुन । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रंपाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै छानबिन समितिमा नबस्ने घोषणा गरेका छन । उक्त चार राजनीतिक दलले संयुक्त विज्ञप्ती जारी गर्दै छानबिन समितिमा किसान सहित हुनुपर्ने माग अघि सारेका छन ।

नेकपा क्रान्तिकारी माओवादीका नगर इन्चार्ज विजय, नेकपा बहुमत नगर इन्चार्ज मनिस, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति डम्बर भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा छानबिन समितिमा छानबिन समितिमा आफुहरुको कुनै सहभागिता नरहेको घोषणा गर्दै थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन ।


ताजा समाचार

spot_img