कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका स्थानीयले छाडा पशु चौपाया नगरपालिका हुलेर आन्दोलन गरेका छन । शनिबारदेखि आन्दोलनमा उत्रिएका स्थानीय किसानले सोमबार पनि नगरपालिका कार्यालय परिसर भित्रै छाडा पशु चौपाया भित्रै हुलेर आन्दोलन गरेका हुन । स्थानीय किसानले चुनावका बेला छाडा पशु चौपाया नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने आश्वासन दिएपनि चुनाव जितेपछि वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन । उनीहरुले छाडिएका पशु चौपाया नियन्त्रण गर्न नसकेको भन्दै छाडा पशु चौपाया नगरपालिका हुलेर दुईदिन त्यही आहारा खुवाएका थिए । स्थानीय तेज बहादुर ठकुल्लाले छाडिएका पशु चौपाया नगरपालिका हुलेर दवाव दिनका लागि किसानले आन्दोलन गरेको बताए । ‘हाम्रो माग छाडिएका पशु चौपाया नियन्त्रण र व्यवस्थापन हो, ‘उनले भने, ‘नगरपालिका भित्र हुलिएका केही पशु चौपाया चुनेपानी क्षेत्रमा लगेर व्यवस्थापन गछौँ, भनेका छन ।’

अर्का स्थानीय रविन्द्र लुहारले छाडा पशु चौपाया नियन्त्रण नहुँदा सवारी दुर्घटनादेखि अन्नबाली नष्ट भईरहेको बताउँदै बाध्य भएर आन्दोलन गरेको बताए । ‘चुनावका बेला बेदकोट नगरका जनप्रतिनिधीले छाडा पशु चौपाया नियन्त्रण गछौँ भनेर हामीसंग मत मागेका थिए, ‘उनले चुनाव जितेपछि वेवास्ता गरेका छन, स्थानीय सरकार गठन भएको ८ महिनासम्म पनि कुनै पहल नहुँदा यो आन्दोलन गर्नु परेको छ ।’ छाडा पशु चौपायाका नाममा विगतदेखि स्थानीय सरकारले करोडौँ रकम खर्चिदा समेत कुनै व्यवस्थापन नभएको स्थानीय आक्र्रोसित भएका छन । बेदकोट नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गरिने बताए । बेदकोट नगरपालिका नगर कार्यपालिका सदस्य पवन नेपालीले चुनावी प्रतिबद्धता अनुरुप छाडा पशु चौपाया व्यवस्थापन गरिने बताए ।







