जनताको अपेक्षा अनुरुप काम गर्छु : नव निर्वाचित प्रदेश सभा सदस्य विष्ट

कञ्चनपुर : ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र १(ख) प्रदेश सभा सदस्यबाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिह विष्टले जताको अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन ।
प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि बेलौरी आफ्नै निवासमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत आम मतदातालाई धन्यवाद दिदै प्रदेश सभा सदस्य विष्टले जनताको अपेक्षा चाहना अनुरुप काम गर्ने प्रतिबद्धता गरेका हुन ।
‘मैलै जहाँसम्म जनताको मर्म भावना अनुरुप काम गर्छु, ‘नव निर्वाचित प्रदेश सभा सदस्य विष्टले भने, ‘जनतालाई पछुतो नहुनेगरी काम गर्छु ।’ संविधान सभा सदस्य समेत रहेका विष्टले ६ महिनाभित्रै बेलौरी भन्सारको कामकाज अघि बढाउने बताए । ‘मैले विगतमा बेलौरी भन्सारका लागि काम गरेको छु,‘उनले भने, ‘अब भारतीय पक्षसंग समेत समन्वय गरेर दुवै तर्फ भन्सार स्थापना गर्नुपर्छ ।’ मुख्यमन्त्रीकै रुपमा हेरिएका विष्टले जिम्मेबारी पाए नमुना काम गर्ने घोषणा गरेका छन ।
मुख्यमन्त्री लाईनका प्रदेश सभा सदस्य लभिङ्गका लागि काठमाण्डौँ गएका छन, अनि तपाई घरमै हुनुहुन्छ, भन्ने संचारकर्मीको जिज्ञासामा आफुलाई गठबन्धनका शिर्ष नेताले मुख्यमन्त्रीका लागि आश्वासन दिईसकेकाले किन काठमाण्डौँ जानुपर्ने बताए । ‘मैले काठमाण्डौँ किन जाने मलाई त शेर बहादुर दाई प्रचण्ड जीले मुख्यमन्त्रीकै लागि आशवासन दिईसकेका छन, ‘विष्टले भने, ‘१० बर्ष काठमाण्डौँ बसेपनि के हुन्छ ।हामीले जनताको विचमा गएर काम गर्ने हो ।’
निर्वाचनका बेला पार्टी र पार्टीका आधिकारिक उम्मेदवार बिरुद्धमा अन्तरघात गर्नेमाथि कार्बाही गरिने चेतावनी समेत दिएका छन । ‘केही पार्टीले कार्बाहीका लागि सिफारिस गरेको छ, ‘उनले भने, ‘केही थप हुन्छन, स्ष्टीकरण पनि सोधिन्छ,चित्तबुझ्दो नआए कार्बाही गछौँ ।’
नेपाली काँग्रेस क्षेत्र १(ख) का सभापति एव लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन मुल प्ररिचालन समितिका संयोजक चेतन कुमार राईले निष्पक्ष, भयरहित ढङगबाट निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्नहुने आम मतदाता, गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता पाटी पङक्ति, लगायत संचारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग सहितका निकायप्रति हार्दिक आभार प्रकट गरेका छन । ‘यो निर्वाचनलाई भयरहित निष्पक्ष एव स्वतन्त्र रुपमा संचालन गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने, सबै निकायप्रति लोकतान्त्रिक बाम गठबन्धन हार्दिक कृतज्ञता प्रकट गर्दछौँ, ‘राईले भने, ‘जनअपेक्षा अनुरुप काम गर्नका लागि सबैको सृजनात्मक भूमिका हुने अपेक्षा प्रतिबद्धता जाहेर गर्दछौँ ।’

ताजा समाचार

This will close in 10 seconds