अपाङ्गता भएका व्यक्तिहरुकाे ३१ औं अन्तर्राष्ट्रिय दिवस


कञ्चनपुर : ३१औ अपाङ्गता भएका ब्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज ३ डिसेम्बर २०२२ को अबसरमा भिमदत नगरपालिका अपाङ्ग समन्वय समितिकाे आयाेजनामा “समावेशी विकासका लागि रुपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान” भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुकाे ३१ औं अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ।

भीमदत्तनगरपालिका उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा सम्पन्न तथा कार्यक्रमकाे सभापतित्व भिमदत्त नगर अपाङ्ग समन्वय समितिका सदस्य उपेन्द्र बहादुर खडायत गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा अतिथिहरुमा सुदुर पश्चिम खेलकुद परिषद सदस्य जीवन भट्ट , सुदुर पश्चिम युवा परिषद सदस्य मनाेज चन्द , सुदुर पश्चिम सामाजिक विकास मन्त्रालय अन्तर्गत अपाङ्ग समन्वय समितिका सदस्य खेमा सावकाेटा राष्ट्रिय दृष्टिविहिन संघ नेपालका अध्यक्ष बलराम पन्त,अपाङ्ग महिला सघ उपाधयक्ष जानकी जाेशी रहनु भएकाे थियाे । कार्यक्रममा शुभकामना मनत्वयमा वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो अधिकार र विकासका लागि एकजुट भएर सशक्त ढंगले अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा अपाङ्ग सेवा संघ कञ्चनपुरकि उपाध्यक्ष पार्वती विष्टले स्वागत मनत्वय राख्नु भएकाे थियो । उक्त कार्यक्रममा भिमदत्त नगरपालिका ५० जनाकाे सहभागीता रहेको थियाे ।प्रमुख अतिथि भिमदत नगरपालिका उप प्रमुख निलम लेखकले भिमदत्त नगरपालिकाबाट पाईने सेवा सुबिधा प्रथामिकता राख्ने र अपाङ्गता भएका व्यक्तिहरु हक अधिकार स्थानीय तह नितिगत व्यवस्था गर्ने प्रतिबध्ता गर्नु भयाे ।


ताजा समाचार

spot_img