कञ्चनपुर: कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको हो । शेयर पुँजी ५ करोड रहेको उक्त संस्थाले पुँजी रकम अझै बढाउने निर्णको साथै नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा विष्णु सिह विष्टको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको कंचनको अपरेटिभका दैजी शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले बताउनु भयो ।

‘आर्थिक सम्बृद्धिको लागि कञ्चनको अपरेटिभ’ भन्ने मुल रानाका साथ प्रथम साधारण सभा सम्पन्न भएको छ । कञ्चन कोअपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष शंकर सिह कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार देवराज पन्तको प्रमुख आथित्यमा साधारण सभा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन राजेन्द्र प्रशाद जोशीले गर्नु भएको थियो







