नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशन (नेभ्ला) को ३३औं स्थापना दिवस सम्पन्न

कञ्चनपुर : नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला)को ३३ औं स्थापना दिवस मनाएको छ। जिल्ला कार्यसमिति कञ्चनपुरले शनिबार बेदकोट नगरपालिका ७ स्थित बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका बृद्धबृद्धाहरुलाई फलफूल बितरण कार्य सम्पन्न गरेको हो।

समितिका अध्यक्ष तेजराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सल्लाहकार शँकर दत्त जोशी, बिशिष्ट अतिथि केन्द्रिय सदस्य टेक बहादुर चन्द, पुर्व जिल्ला अध्यक्ष धर्मराज जोशी, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र का पशु बिकाश अधिकृत महेन्द्रराज पाण्डेय, पशु चिकित्सक खडक बहादुर पाण्डेय तथा जिला कार्य समितिका सबै पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds