निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर : कञ्चनपुर जिल्ला कार्य क्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता एवं नव निर्माचित प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री रमेश लेखक ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सतैसि करोड सम्पत्ति रहेको सहकारीको समुद्घाटन समारोहमा नव निर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर राना, का.वा. नगर प्रमुख निलम लेखक जोशी रहनु भएको कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख प्रेम सिंह भाटले सहकारीले चुनौतिका बिच बहुआयामिक कार्यक्रमहरु संचालन गरि रहेको र आगामी दिनमा स्कुल अफ कोअपरेटि संचालनमा ल्याउने तयारी रहेको कुरा वताउनु भएको थियो ।

No description available.झण्डै हाजर सात सय भन्दा बढि सदस्य रहेको संस्थाको १३ औं बार्षिक साधारण सभामा सिटिजन ईन्सुरेसका प्रवन्धक नव राज जोशी, कञ्चनपुर निर्माण व्यवसायाी संघका अध्यक्ष निरन्जन प्रसाद भट्ट, राष्ट्रिय सहकारी बैङ्गका प्रवन्धक प्रकाश थपलिया, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष माधव प्रसाद भट्ट, सुदूरपश्चिम विशिष्टकृत सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।
संस्थाका संचालक चादनी पन्त भट्टले संचालन गर्नु भएको कार्यक्रमा संचालक प्रेम राज अर्यालले लेखा परिक्षण प्रतिवेदन प्रस्तसत गर्नु भएको थियो । र समुद्घाटन कार्यक्रममा विपन्न वर्गलाई न्योनो लुगा वितरण गर्नुका साथै उत्कृष्ट जेष्ट बचतकर्ता, उत्कृष्ट ऋण उपभोक्ता, उत्कृष्ट बाल बचत कर्ता, उतकृष्ट बचत कर्ता तथा उत्कृष्ट कर्मचारीलाई प्रसंसा तथा कदर पत्र प्रदान गरिएको थियो ।

No description available.
यसै गरि निङ्गलाशैनी सहकारी संस्थाले कष्टम हायरिङ्ग सेन्टर, रेमिट सेवा, ईसेवा, विऊ श्रोत केन्द्र, मल विक्री वितरण लगायतका काम गर्दै आईरहेको र अवका दिनमा सहकारी शिक्षामा जोड दिईने कुरा वताउनु हुदै संस्थाका उपाध्यक्ष पवन चन्द लेखकले सहभागि सम्पूर्णधमा धन्यवाद तथा आभार प्रकट गरेको थियो । प्रमुख अतिथि लेखकले निङ्गलाशैनी सहकारीले छोटो समयमा गरेको उपलव्धीको सराहना गर्दै सहकारीका लागि आवश्यक निति नियम संसोधन तथा आवश्यक नीति अवलम्बन गर्नका लागि स्थानिय, प्रदेश तथा संघमा आफ्ुले पहल गर्ने प्रतिवद्धता जाहेर गरेको थियो ।

ताजा समाचार

This will close in 10 seconds