अपाङ्गता भएकालाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

कञ्चनपुर:अपाङ्गता भएकालाई कञ्चनपुरमा स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । शनिबार ३१औँ अन्र्तराष्ट्रिय अपाङता दिवसको अवसर पारेर दृष्ट्रिबिहिन अपाङ्गता भएकाहरुलाई समाग्री वितरण गरिएको हो । नेपाल नेत्रहिन र्संघ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बोहराले ३१औँ अन्र्तराष्ट्रिय अपाङता दिवसको अवसर पारेर दृष्ट्रिबिहिन अपाङ्गता भएकाहरुलाई समाग्री वितरण गरिएको बताए ।

उनका अनुसार ह्वाईटक्यान र स्पाईनल ईन्जरी अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सुरक्षाका लागि समाग्री वितरण गरिएको छ । कार्यक्रममा नेपाल पारा ओलम्पिक कमिटिका प्रदेश अध्यक्ष दिर्घ कुमार स्वाँरले विपन्न र संकट परेकालाई स्वास्थ्य सुरक्षा समाग्रीबाट लाभ भएको बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका समाजिक विकास संयोजक शुशिल कुमार भट्टले अपाङ्गता भएका व्यक्तिको सहायताका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds