चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य धामी


कञ्चनपुर : दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिह धामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता दोहो¥याएका छन ।
शनिबार महेन्द्रनगरमा पत्रकार भेटघाटका क्रममा प्रदेश सभा सदस्यमा निर्वाचित संसद धामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता दोहो¥याएका हुन । नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका धामीले आफु र बाम लोकतान्त्रिक गठबन्धनले जनतासंग गरेका बाचा अनुरुप प्रदेश सभा र प्रदेश सरकारबाट दार्चुलाको समस्या समाधानदेखि संस्थागत विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
‘दार्चुलामा अथाह प्राकृतिक स्रोत साधन छन, ‘संसद धामीले भने, ‘ति प्राकृतिक स्रोत साधनको सहि सदुपयोग गरेमात्रै पनि प्रदेश आत्मनिर्भर बन्नसक्छ, त्यहाँ मैले अब प्रदेश सभा र सरकारको ध्यानाकर्षण गराउँछु ।’ विश्वभरीका हिन्दुको आकर्षण केन्द्र बिन्दु बनाउने योजना रहेको उनले बताए । ‘महाकाली नदीको दिर्घकालिन उपभोगदेखि अपिनम्पा हिमालको बेससम्म पूर्वाधार विकास गर्न पहल गर्छु, ‘संसद धामीले भने, ‘त्यसपछि दार्चुलामा धार्मिक पर्यटन केन्द्र बन्छ ।’
प्रदेशमन्त्रीकै रुपमा हेरिएका धामीले पार्टीले जिम्मेबारी दिए पुरा गर्ने तयार रहेको समेत बताएका छन । ‘यो दलिय व्यवस्था हो, ‘उनले भने, ‘पार्टीले चाहेको खण्डमा म तयार छु ।’ धामीले दार्चुलाको समाजिक, आर्थिक एव साँस्कृतिक विकासका लागि आफ्नो तर्फबाट पुरै प्रर्यत्न गर्ने बताए । ‘चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो, ‘उनले भने, ‘हारजित हुन्छ, यसलाई सहर्ष स्वीकार गर्नुपर्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img