क्षेत्र १बाट प्रतिनिधी सभा सदस्यमा पराजित एमाले नेता सुुवेदीद्वारा हुलाकी राजमार्ग आयोजनामा ताकेता


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका एमाले प्रभावशाली नेता खेम सुवेदीले हुलाकी राजमार्ग आयोजनामा ताकेता गरेका छन । निर्वाचनमा पराजित भएसंगै एमाले नेता सुवेदीले हुलाकी राजमार्ग निर्माण कार्य ढिलाई भईरहेको बारे हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीमा ज्ञापन पत्र बुझाएका छन । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशीलाई ज्ञापन पत्र बुझाउँदै कञ्चनपुरमा सडक निर्माण कार्य ढिलाई भएकोप्रति ध्यानाकर्षण गराएका छन ।

No description available.

आयोजना कार्यालय प्रमुख जोशीलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेता सुवेदीले कञ्चनपुर क्षेत्रमा सडक निर्माण कार्य चरम ढिलासुस्ती वेवास्ता भईरहेको स्मरण गराउँदै यथाशिघ्र निर्माण कार्य अघि बढाउन तोकेका गरेका छन । कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजीसम्म हुलाकी सडक निर्माण कार्यमा ठेकेदार र कार्यालयबाट ढिलाई हुँदा दक्षिणी क्षेत्रका नागरिकले दुख खेप्नु गरेको छ । एमाले नेता सुवेदीले दक्षिणी क्षेत्रको विकास निर्माणमा पहिल्यैदेखि चासो, चिन्ता, मनन गर्दै आएका छन । चुनाव हारे लगत्तै एमाले नेता सुवेदी निरन्तर जनताको सेवामा तल्लिनभएको एमाले नेता कार्यकर्ताको भनाई छ ।


ताजा समाचार

spot_img