रातो पासपोर्ट बेच्ने पनि मन्त्रीको चर्चामा काण्डै काण्डवाला नेतालाई मन्त्री बनाउन लागेको भन्दै ओली समुहबाटै प्रधानमन्त्रीको आलोचना

काठमाण्डौँ : जेठ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसंगै ०७४मा सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचन पछि दुई तिहाई नजिक बहुमत प्राप्त तत्तकालिन नेकपाका तर्फबाट प्रंधानमन्त्री भएका केपी शर्मा ओलीले हालसम्म १८औँ पटक मन्त्रीपरिष्द विस्तार गरे । गत ५ पुषमा पहिलो पटक प्रतिनिधी सभा विघटन गरेसं्रगै सुप प्रदेशका कमजोर रहेको ओली पक्ष बलियो बनाउन माओवादी केन्द्र र एमाले नेपाल समुहका संसदलाई मन्त्री पद । जबकी सुप प्रदेशबाट संघ सरकारको क्याबिनेट मन्त्रीमा चार चार एकै पटक पाए । उतिबेलामा पनि ओलीले सत्ताका लागि विवादित मात्र नभई मुद्दा खेपेका मन्त्री बनाएर अहिलेसम्म आलोचना भईरहेको छ । संसदमा विश्वासको मत जित्न नसकेर फेरी दोस्रो पटक ८ जेठमा संसद विघटन गरेर प्रधानमन्त्री ओलीले १८औँ पटक मन्त्रीपरिष्द विस्तारका क्रममा संविधान जलाउनेदेखि विवादित जसपाका केही नेताहरुलाई मन्त्री बनाए । ओली नेतृत्वकै हालकै मन्त्रीपरिष्दमा उपप्रधानममन्त्री भएका जसपा नेता राजेन्द्र महतोले ०७२सालको संविधान जलाएको फोटो सार्वजनिक गर्दै देश तथा विदेशमा चौतर्फि आलोचना मात्र नभई विवादित देशकै संविधान नमान्ने यतिसम्मकी जलाउने समुहलाई उपप्रधानमन्त्री दिएर ओलीले सत्ता बचाउने खेलमा लागेको आरोप आईरहेको छ ।

 

शुक्रबार प्रधानमन्त्री ओलीले दुई राज्यमन्त्री सहित १६सदस्यीय मन्त्रीपरिष्द विस्तार गरेसंगै बाँकी नियुक्ती गर्नुपर्ने मन्त्रीका लागि देशभरीबाट ओलीलाई दवाव छ । तर, ओली निकट अधिकाँस विवादित नेताहरु रहेका छन । सुदूरपश्चिमबाट समेत निर्वतमान संसद रहेका केही नेताहरु मन्त्री, राज्यमन्त्रीका लागि शक्तिकेन्द्र धाईरहेका छन । एमाले ओली समुह निकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीसंग मन्त्रीका लागि सुप प्रदेशबाट केही नेताहरु लभिङ्गमा छन । जबकी ति मान्छे मन्त्री भए जनता मात्र नभई ओली समुहभित्रैबाट बहिस्कृत हुनेछन । केही रातोपासपोर्ट बेच्ने काण्ड, कोही नक्कली अपहरण काण्ड कोही विभिन्न गैर कानुनी अपराधिक काण्ड जस्ता काण्डै काण्डैमा मुछिएका व्यक्ति अहिले मन्त्रीका लागि लभिङ्गमा छन । तर, जनताबाट प्रत्यक्ष चुनाव जितेर आफ्नो पार्टी समुहको साख जोगाउन सफल भएका ईमान्दार, नैतिकवान एव जनप्रिय नेतालाई पार्टीले मुल्याङ्गकन गरेको छैन ।

 

‘लै होर्नुहोस एमाले फुटेर दुई समुहमा छ, ‘ति ओली पक्षीय नेताले भने, ‘नेपालतिर पनि राम्रा नेता छन, ओलीतिर पनि राम्रा छन, तर राम्राको कहिल्यै मुल्याङ्गकन भएन, यो दुखत हो ।’ शक्तिकेन्द्र नजिक रहेर विगतदेखि काण्डै काण्डै समाजमा समेत छवि बिग्रीएका नेताको रोजगाईमा हाम्रा प्रधानमन्त्री ओली देखिएका छन, तर, बाल्यकालदेखि कम्यूनिष्ट आन्दोलन र चुनाव जितेपछि क्षेत्र जिल्लाका लागि देखिने जनप्रिय काम र कहिल्यै विवादमा नआएका स्वच्छ छवि भएका नेता ओलीको रोजाईमा परेन्न उनी जहिले पाखा परेका छन । ‘पार्टीले यो अन्तिम बेला भोलीका दिनमा समेत जनतामा राम्रो छवि भएका जनमत जोगाएका नेताको मुल्याङ्गकन गर्नुपर्छ, ‘ओली पक्षीय नेताले भने, ‘विवादित र शक्तिको नजिक रहेर चाकडी गर्ने तर, जनताका काम नगर्नेलाई मन्त्री बनाउनु कुनै अर्थ नै छैन ।’ विवादित मान्छे मन्त्री भएपनि पार्टी भित्र र जनतामा उसलाई समाजिक रुपमा बहिस्कृत हुने ओली पक्षीय नेताको दावि छ । सरकारको साख जोगाउन समेत ईमान्दार नेतालाई मन्त्री बनाउनुपर्ने उनको सुझाव छ ।

ताजा समाचार