सुदूरपश्चिम प्रदेश भलिबल संघको अध्यक्षमा भट्टकै निरन्तरता भलिबल खेलको बृद्धि विकासमा जोड


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भलिबल संघको अध्यक्षमा देवराज भट्टले निरन्तरता दिएका छन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको संघको छैटौँ प्रदेश अधिवेशनबाट समेत भट्ट अध्यक्षमा निर्वाचित भएका हुन ।

अध्यक्ष भट्टले आफ्नो प्रत्यासी प्रेमराज जोेशीलाई १२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन र भट्टले १९ र जोशीले ७ मत ल्याएका छन । यस्तै उपाध्यक्ष भोजराज जोशी, कोषाध्यक्षमा बिमला रावत निर्बिरोध निर्वाचित भएका छन । भने, महासचिवमा भट्ट निर्वाचित भएका छन । सदस्यहरुमा प्रेमसिह विष्ट, खगेन्द्र नाथयोगी धनसिह रावल, उद्धव बहादुर चन्द निर्बिरोध निर्वाचित भएका छन ।

सुदूरपश्चिम प्रदेश भलिबल संघको अध्यक्षमा निरन्तरता दिएका देवराज भट्टले प्रदेशमा खेलाडी र भलिबल खेलको बृद्धि विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जोहर गरेका छन । उद्घाटन कार्यक्रममा भलिबल संघका पदाधिकारी सहितका सरोकारवालाहरुले राष्ट्रिय खेल भलिबलको बृद्धि विकासमा जोडदिएका छन । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले सुदूरपश्चिम प्रदेश भलिबल सहितका खेलकुदका लागि उर्बरा भएकाले थप बृद्धि विकासमा सुझाव दिए । मुख्य भलिबल प्रंशिक्षक जगदिश प्रशाद भट्टले भलिबल राष्ट्रिय खेल भएकाले अन्य खेललाई पनि प्रतिनिधित्व गर्ने भएकाले भलिबलको बृद्धि विकास आवश्यक रहेको औल्याए ।

नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले समेत उच्च मेहनतका लागि खेलाडीले मेहनत गर्नुपर्नेदेखि सरोकारवाला जिम्मेबारमा जोडदिए । नेपाल भलिबल संघका अर्का उपाध्यक्ष हरक सिह धामीले भलिबल खेलकुदको विकासका लागि सरोकाला निकायको आवश्यक सहयोग सद्भाव आवश्यक रहेको औल्याए ।

कञ्चनपुर खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र सिहले खेलकुद विकास आजको आवश्यकता रहेको आएको बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले खेलको राजा भनेर चिनिने भलिबल भएकाले यसको सरक्षण प्रर्बद्धनमा जोडदिदै आफ्नो तर्फबाट आवश्यक सहयोगको बाचा गरेका छन । जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले संचालन गरेको कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img