कञ्चनपुर : आगामी मसिर दोस्रो सातादेखि कर्णाली प्रदेशको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा खेलाडी छनौट भएका छन । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ मुल नाराका साथ मंगलबारदेखि बिहीबारसम्म कञ्चनपुरमा जिल्लाका खेलाडी छनौट भएका हुन । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनौट गरिएको बताए । अध्यक्ष सिहका अनुसार कर्बडहल र महेन्द्रनगर खुला मञ्चमा ईन्टोर एव आउटडोरमा खेलाडी छनौट गरिएको छ ।

अध्यक्ष सिहले जिल्लाबाट विभिन्न २२ खेलकुद विद्याका तीनसय ८१ खेलाडी छनौट गरिएको बताए । ‘हामीले जिल्लाबाट प्रदेशको टिममा सहभागिताका लागि सबै विद्यातर्फ खेलाडी छनौट गरिसकेका छौँ, ‘उनले भने, ‘जिल्लाबाट छनौट भएका खेलाडीले आउँदो २८कार्तिकदेखि प्रदेश स्तरिय छनौटमा सहभागि हुन पाउनेछन ।’ अध्यक्ष सिहका अनुसार प्रदेश स्तरिय छनौट प्रतियोगितामा ८ विद्याका खेल कञ्चनपुरकै छनौट गरिनेछन, भने बाँकी कैलालीमा गरिनेछन । खेलाडीसंगै ३० प्रशिक्षक, २१ व्यवस्थापक गरेर चासय ३२को सहभागिता हुनेछन । खेलाडीसंगै प्रशिक्षक, व्यवस्थापक गरेर फुटबल तर्फ ३६, भलिबल २८, लथलेटिक २५, क्रिकेट ३२, कबडी २८, बास्केटबल २४, ह्याडबल २४, ब्याडमिन्टन १३, टेबुलटेनिस ९, बुद्धिचाल ११, बक्सिङ्ग १३, उसु ९, तेक्वान्दो २६, कराँते २३, खोखो २२, फुलकन्ट्याक्ट १४, कुस्ती २१, आई आईटिएकफ तेक्वान्दो २६, सुटिङ्ग १३, जुडो ६, रग्बी २२, भारोत्तोलन ६ र जिम्नाटीका १, खेलाडी छनौट भएका छन ।

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हामीले जिल्लामा खुला आवेदन गरेका थियौँ, जसमध्ये ९सय खेलाडीले आवेदन दिएका थिए, ‘उनले भने, ‘हामीले जिल्लाबाट खेलाडी सहित गरेर झण्डै चारसय ३२ खेलाडी छनौट गरेर प्रदेशमा सहभागि हुनेछन, अनि प्रदेशबाट ९वटै जिल्लाका खेलाडी छनौट गरेर प्रादेशिक टिम बनाएर १०औँ राष्ट्रिय खेलकुद प्रतिगितामा प्रतिस्पर्धा गर्नेछन ।’ कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपादत्त भट्टले सीमित स्रोत साधनका विच पनि खेलाडी छनौट गरिएको बताए । कार्यालय प्रमुख भट्टले जिल्लाकै खेलाडी हुनुपर्नेदेखि निश्चित उमेर समुहलाई मात्रै सहभागि गराईनेछ ।

चार बर्ष अर्थात लामो समयपछि १०औँ प्रतियोगितामा खेलाडी सहभागिताका लागि उत्साहित भएका छन । कञ्चनपुरका युवा खेलाडी हेम बहादुर बस्नेतले लामो समयपछि हुन लागेको प्रतियोगिताका लागि खेलाडी उत्साहित भएर छनौटमा सहभागि भएको बताए । यस अघि ०७९ असोजमा गण्डकी प्रदेशको पोखरामा ९ औँ राष्ट्रिय खेलकुद प्रंतियोगिता भएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले अब प्रदेशमा समेत छनौटका लागि तयारी गर्दै राम्र्रो पदक ल्याउने आशा व्यक्त गरेका छन ।










