कञ्चनपुर : पछिल्ला बर्षहरुमा विभिन्न रोगका बिरामीको आयुर्वोद अस्पतालमा आकर्षण बढिरहेको छ । केही बर्षहरु यता आयुर्वोद औषधालय कञ्चनपुरमा बिरामीको चाप बढिरहेको हो । कञ्चनपुर महेन्द्रनगरमा रहेको महाकाली आयुर्वोद औषधालयमा सेवा लिने नागरिकहरुको संख्या बृद्धि भईरहेको छ ।

महाकाली आयुर्वोद औषधालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०८०/०८१मा ३५ हजार, २५०, आर्थिक बर्ष ०८१/०८२मा ३७ हजार, ५सय २०, गत आर्थिक बर्ष ०८२/०८३मा ४४ हजार, ४सय ६८नागरिकले सेवा लिएका छन । चादु आर्थिक बर्षको हालसम्ममा साढे ६ हजार बढीले सेवा लिएका छन । महाकाली आयुर्वोद औषधालयका प्रमुख डा. सुर्य प्रशाद उपाध्यायले आयुर्वोद दीगो र भरपर्दा भएकाले नागरिकको विश्वास बढिरहेको बताए ।

साथै सबै निःशुल्क सेवा, नसर्ने रोग प्रभावकारी भएकाले पनि बिरामीको संख्या बृद्धि भईरहेको बताए । वाथ, नसा च्यापिएको, घुडा खिईएको, प्रेसर सहितका बिरामीको प्रभावकारी उपचार भईरहेको छ । पञ्चकर्म, थेरापी, मिरोधारा, कटीबस्ती जानुबस्ती, एकाङग स्थान सहितका विधीबाट समेत उपचार भईरहेको छ । महाकाली आयुर्वोद औषधालयले आयुर्वोद सेवा लिन समेत आग्रह गरेको छ।











