सडक मानवको उद्दार


कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा दुई सडक मानवको उद्दार गरिएको छ । लामो समयदेखि सडकमै बसेर जिवन वेतित गर्दै आएका टीकापुर भुसाल र भगत दमाईको उद्दार गरिएको हो । भूमिनन्द धौलीदेवी फाउण्डेशन सुर्यविनायक ३भक्तपुर र भीमदत्त नगरपालिका ४ वडा कार्यालयले सडक मानव भुसाल र दमाईको बुधबार उद्दार गरेको जनाएको छ ।

भूमिनन्द धौलीदेवी फाउण्डेशनका कार्यक्रम संयोजक सञ्जिव भट्टले संस्था र वडा कार्यालयको संयुक्त पहलमा उद्दार गरिएको बताए । उनका अनुसार उनीहरुको उद्दार गरेर सुदूरपश्चिम पुर्नस्थापना केन्द्र सुधार गृह कैलाली गोदाबरीमा पु¥याईएको छ । भीनपा ४का वडाध्यक्ष शुशिल भट्टले लामो समयदेखि सडकमै जोखिम जिवन विताईरहेका दुवैको उद्दार गरिएको छ । बिहान, दिउँसोदेखि रातीसम्मै सडकमै जोखिमयुक्त जिवन विताउन बाध्य भएका भुसाल र दमाईको उद्दारसंगै स्थानीयले समेत मानविय कार्य भन्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img