कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पहिलो पुरुष भेट्रान खसी कप भलिवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका नगर खेलकुद बिकास समिति र हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको सयुक्त आयोजनामा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ महाकाली माता मन्दिर प्रांगणमा पहिलो पुरुष भेट्रान खसी कप भलिवल प्रतियोगिता सुरु भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरी जानकारी दिनुभएको छ् । प्रतियोगितामा दोधारा चाँदनी नगर क्षेत्रको ५ टिम सहभागी भएको उहाँले बताउनुभयो ।


प्रतियोगिताको उद्धघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकालाई खेल क्षेत्रबाट परिचित गराउने योजना अनुरुप दोधारा चाँदनी नगरपालिकाले खेल क्षेत्रमा लगानी गर्दै आएको बताउनुभएको छ् । लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन समेत बिभिन्न समयमा प्रतियोगिता आयोजन गर्दै आएको मेयर लिम्बुले बताउनुभयो ।











