बझाङमा चौथो खुला फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन सम्पन्न, २४ टोलीको सहभागिता

बझाङमा फुटबल विकास र ग्रासरुट फुटबललाई प्राथमिकता दिँदै प्रतियोगिता आयोजना; मुख्य प्रायोजकमा बझाङ जिल्ला फुटबल संघ


महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशमा फुटबल खेलको विकास र विस्तारमा बझाङ जिल्ला पनि सक्रिय रूपमा अगाडि बढिरहेको छ।

जिल्लामा फुटबल खेलको प्रवर्द्धन तथा खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको चौथो खुला फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन समारोह सम्पन्न भएको छ।

खदारी मष्टा युवा समाजको आयोजनामा तथा बझाङ जिल्ला फुटबल संघको समन्वय र सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजन तथा सहयोग बझाङ जिल्ला फुटबल संघको रहेको छ।

बझाङ जिल्ला फुटबल संघका अध्यक्ष एवम् बझाङ जिल्ला खेलकुद समितिका निवर्तमान अध्यक्ष पुष्पलाल रोकाया ‘ज्वाला’ले प्रतियोगिताबारे जानकारी दिँदै बझाङ जिल्लालाई खेलकुदको विकाससँगै फुटबलमय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

उहाँले जिल्लामा फुटबल खेलको विकासका लागि निरन्तर ग्रासरुट फुटबललाई प्राथमिकता दिँदै थप योजना अघि बढाइएको बताउनु भयो। साथै, सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फुटबलको संस्थागत विकास र विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै हाल कञ्चनपुर र कैलाली जिल्ला अखिल नेपाल फुटबल संघ (एन्फा)मा आबद्ध रहेको र प्रदेशका अन्य जिल्लालाई समेत एन्फामा आबद्ध गराउन आवश्यक पहल तथा कदम अगाडि बढाउनु पर्ने सम्बन्धित निकायको ध्यान जाओस् उनको माग समेत रहेको छ।

प्रतियोगिता सफल बनाउन प्रायोजन तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। त्यसैगरी, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न तथा सफलताको शिखर चुम्न शुभकामना व्यक्त गरिएको छ। प्रतियोगिता आयोजना गर्ने खदारी मष्टा युवा समाजलाई धन्यवाद दिँदै प्रतियोगिताको पूर्ण सफलताको कामना गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img