डिपिएस नेपाल द्वारा अपाङ्गतामैत्री नीतिनियम सम्बन्धि अभिमुखिकरण कार्यक्रम

काठमाडौ ,

चन्द्रागिरी नगरपालिका कार्यालय अन्तर्गत समुदायमा आधारित पुर्स्थापना (सिविआर) कार्यक्रम को आर्थिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरु का लागि नेपाल सरकारका अपाङ्गतामैत्री निति नियम तथा सेवा बारे नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरु गरि ५३ जना लाई अपाङ्गतामैत्री नीति नियम तथा सेवाका बारेमा नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल र राष्ट्रिय अपाङ्ग महासंघका सदस्य एवं बोसिया संघका महासचिव देब कुमारी पराजुली ले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण दिने क्रममा अपाङ्गता के हाे ? अपाङ्गताका प्रकार, नेपालकाे संविधानमा भएका अपाङ्गता मैत्रि कानुन, अपाङ्गता मैत्रि अन्तर्राष्ट्रिय कानुन, सरकारका विभिन्न निकाय बाट अपाङ्गता भएका ब्यक्तिका लागि प्रदान गरिने सेवा तथा आरक्षण, समाजमा अपाङ्गता प्रतिकाे बुझाई आदि विषयमा छलफल भएकाे थियाे ।

प्रशिक्षण दिने क्रममा बाेल्दै चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी एवं सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ ले अपाङ्गता भएका ब्यक्तिहरू संगठित हुँदै अाफ्ना हक र अधिकारका लागि एकजुट भएर लाग्नु पर्ने बताउनु भयाे । नगरपालिका द्वारा प्रदान गरिने हरेक कार्यक्रम बाट प्रदान गरिने सेवामा अपाङ्गता भएका ब्यक्तिहरू लाई बिशेष प्रथमिकतामा राख्दै सेवा प्रदान गरिरहेकाे र नगरपालिका अन्तर्गत रहेका सबै अपाङ्गता भएका ब्यक्तिहरू काे अभिभावकत्वाे नगरपालिका लिन सधै तयार रहेकाे समेत जानकारी गराउनु भएकाे थियाे। साथै नगरपालिका ले अपाङ्गता भएका ब्यक्तिहरूका लागि प्रदान गर्ने सेवा सुविधाका बारेमा समेत जानकारी प्रदान गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्दै अपाङ्गता-अभिभावक समाज नेपाल का अध्यक्ष टेक बहादुर बम ले चन्द्रागिरि नगरपालिका भित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई संगठित गर्दै अपाङ्गताकाे क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यका साथ याे संस्था स्थापना भएकाे हाे । संस्थाकाे उदेश्य अनुसार कार्य गर्ने क्रममा चन्द्रागिरि नगरपालिका संगकाे साझेदारीमा समुदायमा अाधारित पुर्नस्थापना (सिविअार) कार्यक्रम संस्थाले संचालन गरिरहेकाे छ । साथै चन्द्रागिरि नगरपालिका अन्तर्गतका अन्य वार्डहरू संगकाे सहकार्यमा समेत अपाङ्गता सम्बन्धि बिभिन्न अभिमुखिकरण कार्यक्रम, शिपमुलक तालिम, अपाङ्गता सहयाेग सामग्री वितरण अादि कार्यक्रम समेत संस्थाले संचालन गरिरहेकाे समाज अध्यक्ष बमले बताउनु भयाे ।

कार्यक्रमको उद्घाटन शत्रकाे सभाध्यक्षता अपाङ्गता-अभिभावक समाज नेपालका अध्यक्ष टेक बहादुर बम, प्रमुख अतिथि नगरपालिकाका सूचना अधिकारी एवं सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ, नगरपालिका अन्तर्गतका १५ वटै वडाका अपाङ्गता भएका व्यक्ती र तिनका अभिभावकहरुको उपस्थिति रहेको थियो। त्रिशक्ति पार्टी प्यालेस गुर्जुधारामा संचालन भएकाे कार्यक्रमका सहभागीहरू लाई दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्ति सुमन घिमिरेले स्वागत गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन संस्थाका सचिव भावना ढकाल ले गर्नु भएको थियो।

ताजा समाचार

This will close in 10 seconds