अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर,

अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार एक कार्यक्रमका बिच अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल सरकारका अपाङ्गतामैत्री निति नियम तथा सेवा बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र अभिभावकहरु लाई मध्यनजर गर्दै अपाङ्गतामैत्री नीति नियम बारेमा ४६ जना लाई नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल र राष्ट्रिय अपाङ्ग महासंघका सदस्य एवं बोसिया संघका महासचिव देब कुमारी पराजुली ले प्रशिक्षण दिनु भएको थियो।

वडा अध्यक्ष महर्जन ले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरुको कार्यक्रम लाई सकारात्मक रुपमा लिने गर्नु पर्ने र अपाङ्गता भएका व्यक्तिहरु लाई अवसर प्रधान गर्दा समाजमा एउटा केही गर्न सक्छन् र आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरु का आवश्यकता लाई मध्यनजर गर्दै आगामी दिनमा थप बजेटको विनियोजन गर्नु पर्ने यसरी कार्यक्रम गर्न थप उर्जा मिलोस भन्दै वडा नम्बर न.१० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन शुभकामना समेत दिनु भएको थियो।

कार्यक्रम बोल्दै प्रमुख अतिथिले अपाङ्गता व्यक्तिहरु लाई उक्त नगरपालिकामा शैक्षिक संस्थाको आवश्यक रहेको भन्दै अभिभावकहरु को माग अनुसार अतिनै आवश्यक रहेको महसुस गरेको भन्दै आगामी दिनमा नगरपालिकामा रहेका सम्पुर्ण वडा लाई समन्वय गरि अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै विद्यालय खोल्नका लागि नगरपालिका सधै अग्रसर रहने छिट्टै नगरपालिकाले पहल गर्ने समेत प्रतिबद्धता गर्नु भो।

कार्यक्रममा स्वागत गर्दै अपाङ्गता-अभिभावक समाज नेपाल ले चन्द्रागिरि नगरपालिका भित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई संगठित गर्दै अपाङ्गता काे बिषयमा विभिन्न सामाजिक कार्य गर्ने संस्थाकाे उद्देश्यका साथ यहि उद्देश्य अनुसार कार्य गर्ने क्रममा चन्द्रागिरि नगरपालिका संगकाे साझेदारीमा समुदायमा अाधारित पुर्नस्थापना (सिविअार) कार्यक्रम संस्थाले संचालन गरिनुका साथै चन्द्रागिरि नगरपालिका अन्तर्गतका अन्य वार्डहरू संगकाे सहकार्यमा अपाङ्गता सम्बन्धि बिभन्न अभिमुखिकरण कार्यक्रम, शिपमुलक तालिम, अपाङ्गता सहयाेग सामग्री वितरण अादि कार्यक्रम समेत संस्थाले संचालन गरिरहेकाे अभिभावक समाज नेपालका अध्यक्ष बमले बताउनु भो। यो संगै निरन्तर प्रयासका साथै आज यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि यसरी साथ सहयोगको अपेक्षा राख्दै आजको कार्यक्रममा सम्पुर्ण सहभागी र सहयोगी नगरपालिका ,वडा कार्यालय लगायत प्रशिक्षणहरु लाई हार्दिक धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।कार्यक्रमको सभापति अपाङ्गता अभिभावक समाज नेपालका अध्यक्ष टेक राज बम,प्रमुख अतिथि चन्दागिरी नगरपालिका उपमेर लिसा नकर्मी ,विशिष्ट अतिथी नगरपालिका वडा न.१० का वडाध्यक्ष गोपल कृष्ण महर्जन ,नगरपालिकाका सूचना अधिकारी एवं सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ लगायत अपाङ्गता भएका व्यक्ती र अभिभावकहरुको उपस्थिति रहेको थियो। सुमन घिमिरेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।

ताजा समाचार

This will close in 10 seconds